IME Life New

यी ७ कम्पनीले एकैदिन गुमाए जेफ बेजोसको भन्दा दोब्बर सम्पत्ति, कसको कति स्वाहा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाका टेक कम्पनीहरुको शेयरभाउमा शुक्रबार ठूलो गिरावट आएको छ। म्याग्निफिसेन्ट–७ भनेर चिनिने शीर्ष ७ कम्पनीको बजारपुँजी ४०० अर्ब डलरले घटेको हो। यो रकम विश्वका दोस्रो धनीव्यक्ति जेफ बेजोसको कुल सम्पत्ति १९७ अर्ब डलरको दोब्बरभन्दा बढी हो।

सबैभन्दा ठूलो गिरावट एआई चिप निर्माता एनभिडियाको शेयरभाउमा भएको छ। यो कम्पनीको शेयरभाउ १० प्रतिशतले घटेको छ भने बजारपुँजी २०० अर्ब डलरले घटेको छ। यसको मतलब यो कम्पनीले एकैदिन बेजोसको सम्पत्तिभन्दा धेरै पैसा गुमाएको छ। एनभिडियाको शेयरभाउ पछिल्लो केही दि देखि लगातार गिरावट देखाउँदैछ र यो हालसम्मकै उच्चभन्दा २० प्रतिशत तल झरेको छ। म्याग्निफिसेन्ट–७ मा समावेश गरिएको एनभिडिया दोस्रो कम्पनी हो।

Esewa
Crest

एनभिडियाको शेयरभाउ एक महिनापहिले सबै समय उच्च स्तरमा पुग्यो थियो। तर, त्यसपछि यो २०० डलरले गिरावट आएको छ। गत मार्च ८ देखि यो कम्पनीको बजार पुँजीकरण ४०० अर्ब डलरले घटेको छ। योसँगै यो कम्पनी विश्वकै मूल्यवान कम्पनीको सूचीमा तेस्रोबाट पाँचौँ स्थानमा झरेको छ। कम्पनीको बजार पुँजीकरण अहिले १.९०५ ट्रिलियन डलर छ।

एलन मस्कको कम्पनी टेस्ला पनि ४६८.३२ अर्ब डलरको बजार पुँजीकरणका साथ १७ औँ स्थानमाा झरेको छ। यसका बाबजुद पनि यो विश्वको सबैभन्दा मूल्यवान अटो कम्पनी बनेको छ।

शुक्रबार एनभिडिया र टेस्लासँगै माइक्रोसफ्ट, एप्पल, अल्फाबेट, अमेजन र मेटा प्लेटफर्मको शेयरभाउ पनि घटेको छ। शेयरभाउमा आएको गिरावटले विश्वका अर्बपतिहरुको नेटवर्थमा पनि गिरावट आएको छ। अमेजनका संस्थापक जेफ बेजोसले ४.२८ अर्ब डलर गुमाए भने मेटा प्लेटफर्मका सीईओ मार्क जुकरबर्गको कुल सम्पत्ति ७.१६ अर्ब डलरले घटेको छ। एलन मस्कको कुल सम्पत्तिमा २.०४ अर्ब डलरको गिरावट आएको छ। बिल गेट्सले २१ करोड ६० लाख डलर, ल्यारी पेजले १.४४ अर्ब डलर, स्टिभ बाल्मरले १.६६ अर्ब डलर, सर्गे ब्रिनले १.३५ अर्ब डलर र ल्यारी एलिसनले १.०७ अर्ब डलर गुमाएका छन्। विश्व शीर्ष धनीहरुको सूचीमा पहिलो नम्बरमा रहेका फ्रान्सेली व्यापारी बर्नार्ड अर्नाल्टको सम्पत्ति भने १०.२ करोड डलरले बढेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS