IME Life New

यी ६ बैंक/वित्तीय संस्थाको करिब पौने ११ लाख कित्ता शेयर बिक्रीमा, कसको न्यूनतम मूल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले आफ्नो स्वामित्वमा रहेको विभिन्न ६ बैंक तथा वित्तीय संस्थाको पौने ११ लाख कित्ता शेयर आज पुस ११ गते बिक्रीमा राखिएको छ।

कम्पनीले कुमारी बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बेंक र आईसीएफसी फाइनान्सको १० लाख ७४ हजार ३५७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। यी शेयरमा संस्थापक शेयरधनीका साथै जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरमध्ये कुमारी बैंकको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको १२० रुपैयाँ, प्रभु बैंकको ११० रुपैयाँ, प्राइम बैंकको ११० रुपैयाँ, शाइन रेसुंगाको १२० रुपैयाँ र आईसीएफसी फाइनान्सको १७५ कित्ता शेयर (श्रीगणेश प्रोपर्टिज एन्ड इन्भेस्टमेन्टको स्वामित्वमा रहेको १ लाख ६१२ कित्ता) बिक्रीमा राखिएको छ। यसको अर्थ लगानीकर्ताले खरिद आवेदन दिँदा तोकिएको मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १० हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।
बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको काठमाडौं थापाथलीस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति पुस १९ गतेसम्म तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS