IME Life New

यी १० सहरमा बसोबास गर्छन् विश्वका सबैभन्दा धेरै धनाढ्य, शीर्ष स्थानमा कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका सबैभन्दा बढी धनाढ्य बसोबास गर्ने सहरहरुको सूची सार्वजनिक भएको छ। हेन्ले एन्ड पाटर्नसले धेरै धनाढ्य बसोबास गर्ने विश्वका १० सहरको सूची सार्वजनिक गरेको छ।

हेन्लेले १० लाख डलर (१३ करोड २० लाख रुपैयाँ) भएकालाई मिलिनेयरको सूचीमा राख्ने गरेको छ। जसअनुसार अमेरिकाको न्युयोर्कमा ३ लाख ४९ हजार ५०० मिलिनेयरको बसोबास रहेको छ। न्युयोर्क सबैभन्दा बढी धनाढ्य बसोबास गर्ने सहरहरुको सूचीमा पहिलो स्थानमा रहेको छ।

Esewa
Crest

यसैगरी दोस्रोमा पनि अमेरिकाको द बे एरिया रहेको छ। यो सहरमा ३ लाख ६ हजार ७०० मिलिनेयरको बसोबास रहेको छ। क्लेफोर्नियाको सन फ्रान्सिस्को खाडीको आसपासको एरियालाई द बे एरिया भनिन्छ।

धेरै धनाढ्य बसोबास गर्ने सहरको सूचीमा जापानको टोकियो तेस्रो स्थानमा रहेको छ। यो सहरमा २ लाख ९८ हजार ३०० मिलिनेयर बसोबास गर्छन्। यद्यपि पछिल्लो १० वर्षमा टोकियोमा बसोबास गर्ने धनाढ्यको संख्या ५ प्रतिशतले घटेको छ।

यो लिस्टमा सिंगापुर चौथो स्थानमा रहेको छ। त्यहाँ २ लाख ४४ हजार ८०० मिलिनेयरको बसोबास छ। सिंगापुरमा पछिल्लो १० वर्षमा धनाढ्यको संख्या ६४ प्रतिशतले बढेको छ।

बेलायतको लन्डन पाँचौँ स्थानमा छ। त्यहाँ २ लाख २७ हजार धनाढ्यको बसोबास छ। लन्डनपछि अमेरिकाको लस एन्जिलसमा सबैभन्दा बढी धनाढ्यको बसोबास रहेको छ। त्यहाँ २ लाख १२ हजार १०० धनाढ्यको बसोबास रहेको हेन्लेको तथ्यांकले देखाएको छ। पछिल्लो १ वर्षमा यो सहरमा पनि धनाढ्यको संख्या ४५ प्रतिशतले बढेको छ।

सबैभन्दा धेरै धनाढ्य बसोबास गर्ने विश्वका १० शीर्ष सहरको सूचीमा फ्रान्सको पेरिस, अस्ट्रेलियाको सिड्नी, हङकङ र चीनको राजधानी बेइजिङ क्रमशः सातौँदेखि दसौँ स्थानमा रहेका छन्। यी सहरमा क्रमशः १ लाख ६५ हजार, १ लाख ४७ हजार, १ लाख ४३ हजार ४०० र १ लाख २५ हजार ६०० धनाढ्यको बसोबास रहेको छ।

हेन्लेको तथ्यांकअनुसार पछिल्लो १० वर्षमा विश्वमा धनाढ्यको संख्या ४८ प्रतिशतले बढेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS