IME Life New

यी १० कम्पनीका कारमाथि नेपालीको भरोसा, नेपालमा पनि टाटा र महिन्द्राको दबदबा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा कार बिक्री तथ्यांकका आधारमा शीर्ष १० कार कम्पनी कुन–कुन हुन् भन्न गाह्रो छ। किनकि नेपालमा आधिकारिक तथ्यांक सजिलै उपलब्ध छैन।

नेपालमा केही निकै लोकप्रिय कार ब्रान्ड छन्। जसको बिक्री निकै राम्रो छ। तीमध्ये टाटा मोटर्स, महिन्द्रा एन्ड महिन्द्राजस्ता धेरै भारतीय कम्पनीका साथै होन्डा, हुन्डाई मोटर, रेनो, मारुती सुजुकी, किया र ड्याट्सनजस्ता कम्पनी छन्।

Esewa
Crest

मारुती सुजुकीः मारुती सुजुकी नेपालमा सबैभन्दा बढी बिक्री हुने कार ब्रान्ड हो। यो किफायती कार विशेषगरी ह्याचब्याक र कम्प्याक्ट एसयूभीका लागि परिचित छ।

टाटा मोटर्सः भारतीय कम्पनी टाटा मोटर्सले नेपालमा पनि आफ्नो उपस्थिति देखाएको छ। यो कम्पनीले किफायतीदेखि लक्जरी एसयूभीसम्म धेरै प्रकारका कार बनाउँछ।

महिन्द्राः महिन्द्रा एन्ड महिन्द्राका कार नेपालमा पनि राम्रो बिक्री भएका छन्। एक्सयूभी७००को नेपालमा पनि राम्रो माग छ।

कियाः किया मोटर्सका कार नेपालमा धेरै लोकप्रिय छन्। केही यस्ता मोडल पनि नेपालमा बिक्री भइरहेका छन्, जुन भारतमा बिक्री हुँदैनन्।

होन्डाः होन्डाका कार भरपर्दो, टिकाउ र इन्धन किफायतीका लागि परिचित छन्। नेपालमा धेरै होन्डा कार बिक्री भएका छन्। जसको डिजाइन र प्रविधि पनि एकदमै आधुनिक छ।

टोयोटाः शक्तिशाली कार उत्पादक कम्पनी टोयोटाको नेपालमा पनि बजार राम्रै छ। भारतीय बजारजस्तै नेपालमा पनि टोयोटाका कारको माग बढ्दो छ।

हुन्डाईः दक्षिण कोरियाली कम्पनी हुन्डाई नेपालमा स्टाइलिस र फिचरले भरिएका कारका लागि परिचित छ।

निसानः निसानको उपस्थिति नेपालमा पनि देखिएको छ। गाडीप्रेमीले निसानको कार पनि मन पराएको देखिन्छ।

रेनोः रेनोले भारतीय बजारमा जस्तै नेपालमा पनि सस्तो र राम्रा कार बिक्री गर्छ।

ड्याट्सनः ड्याट्सनले भारतीय बजार छाडेको छ। तर, नेपालमा भने यो कम्पनीका कार अझै बिक्री हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS