IME Life New

यी हुन् विश्वकै धनी महिला, कति छ सम्पत्ति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जब हामी विश्वका सबैभन्दा धनी व्यक्तिहरुका बारेमा कुरा गर्छौं तब एलन मस्क, जेफ बोजेस, मार्क जुकरबर्गलगायतको नाम आउँछ। उनीहरु विश्वकै धनी व्यक्तिमा पर्छन् भन्ने कुरामा कुनै शंका छैन। तर, यी सबै पुरुष हुन्।

तपाइँलाई थाहा छ संसारकै धनी महिला को हुन् ? यी महिलाको नाम एलिस वाल्टन हो। ७४ वर्षीया एलिस एक ठूलो अमेरिकी व्यवसायी महिला हुन्। उनी वालमार्टका संस्थापक साम वाल्टनकी छोरी हुन्। ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार उनी विश्वकै धनी महिला हुन् र सबै धनी व्यक्तिहरुमध्ये १८ औँ स्थानमा छिन्।

Esewa
Crest

एलिस वाल्टनको कुल सम्पत्ति ९५.१ अर्ब डलर रहेको छ। उनका भाइ रोब वाल्टन र जिम वाल्टन सम्पत्तिको हिसाबले अगाडि छन्।

वालमार्टको उत्तराधिकारीका रुपमा एलिस वाल्टनको नाम आइरहेको छ। वालमार्ट अमेरिकाको सबैभन्दा ठूलो ई–कमर्स कम्पनी हो। यो कम्पनीले भारतको फ्लिपकार्टको शेयर किनेको थियो।

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार एलिस लोरियल उत्तराधिकारी फ्रान्कोइस बेटेनकोर्ट मेयर्सलाई पछि पार्दै विश्वको सबैभन्दा धनी महिला बनेकी छन्। एलिसको सम्पत्ति बढ्नुको सबैभन्दा ठूलो कारण वालमार्टको शेयरमा भएको वृद्धि हो। वालमार्टको शेयरमूल्य १ वर्षमा ४४ प्रतिशतले बढेको छ। यो वृद्धिसँगै यसको मूल्य रेकर्ड उच्च पुगेको छ। जसका कारण वाल्टनको सम्पत्ति २५ अर्ब डलरले बढेको छ।

लोरियलका संस्थापक युजीन शुलरकी नातिनी फ्रान्कोइस बेटेनकोर्ट मेयर्स विश्वकै धनी महिलाको सूचीमा शीर्ष स्थानबाट झरेका छन्। यो वर्ष उनको सम्पत्ति १० अर्ब डलरले घटेको छ। यो गिरावटका कारण उनीहरुको सम्पत्ति ९० अर्ब डलरमा झरेको छ। लोओरियलको शेयर जनवरीदेखि १३ प्रतिशतले घटेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS