IME Life New

यी हुन् विश्वका १० महँगा परियोजना, एउटै प्रोजेक्टको लागत ६०० अर्ब डलरसम्म

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चीन विश्वमा अनौठो परियोजना बनाउनेमा निकै अगाडि छ। हालै चीनले तिब्बतमा विश्वकै सबैभन्दा ठूलो बाँध बनाउने घोषणा गरेको छ। यो बाँध ब्रह्मपुत्र नदीमा बन्नेछ। यसलाई तिब्बतमा सेंगपो भनिन्छ।

चीनलाई यो परियोजना बनाउन १० वर्ष लाग्ने अनुमान गरिएको छ। यसको लागत १३७ अर्ब डलर हुने भनिएको छ। चीनको यो अहिलेसम्मकै महँगो परियोजना हो। यसका साथै चीनको यो बाँध परियोजना विश्वकै छैटौँ महँगो परियोजना हुनेछ। तर, विश्वमा सबैभन्दा महँगो परियोजना चीनको यो परियोजनाभन्दा करिब साढे ४ गुणा महँगो रहेको छ।

Esewa
Crest

सन् २०३० सम्म १ ट्रिलियन डलर अर्थात १ लाख करोड डलरको परियोजना आउन सक्ने अनुमान गरिएको छ। विश्वभर हाल १० यस्ता मेगा परियोजना चलिरहेका छन्। ती सबै परियोजना १०० अर्ब डलरभन्दा बढीका छन्।

विश्वको सबैभन्दा महँगो परियोजना युरोपको ट्रान्स–युरोपियन ट्रान्सपोर्ट नेटवर्क हो। यसको अनुमानित लागत ६०० अर्ब डलर रहेको छ।
यो परियोजना निर्माण गरेर युरोपको ट्रान्सपोर्ट सिस्टमलाई आधुनिक बनाएर पूरै युरोपलाई कनेक्ट गर्ने योजना रहेको छ। यो परियोजना निर्माणमा ढिलाइ हुँदा लागत भने बढिरहेको छ।

यस परियोजनाअन्तर्गत युरोपका देशहरुको सडक, रेलवे, एयरपोर्ट र वाटर इन्फ्रास्ट्रक्चरसँग जोडिनेछन्। यो विशाल ट्रान्स युरोपियन नेटवर्कको हिस्सा हो। यसमा टेलिकम्युनिकेसन्स नेटवर्क र एउटा इनर्जी नेटवर्क पनि समावेश छन्।

विश्वको दोस्रो ठूलो परियोजना साउदी अबरको नियोम सिटी प्रोजेक्ट हो। यसको अनुमानित लागत ५०० अर्ब डलर रहेको छ।

तेस्रोमा गल्फ रेलवे परियोजना हो। यसको लागत २५० अर्ब डलर रहेको छ। इन्टरनेसनल स्पेस स्टेसन परियोजना निर्माणमा २५० अर्ब डलर लाग्ने अनुमान बाहिर आएको छ।

यसैगरी कुवेतको सिल्क सिटी परियोजनामा १३२ अर्ब डलर र चीनको ड्याम परियोजनामा १३७ अर्ब डलर माथि लागत लाग्ने अनुमान गरिएको छ। १०० अर्ब डलर माथिका परियोजनाहरुका क्यालिफोर्नियाको हाई–स्पिड रेल योजना, साउदी अरबको किङ अब्दुल्ला इकोनोमिक सिटी, दिल्ली–मुम्बई इन्डस्ट्रियल करिडोर र माइक्रोसफ्ट ओपनएआई डाटा सेन्टर एन्ड सबकम्प्युटर समावेश छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

67%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS