IME Life New

यी हुन् विश्वका सबैभन्दा धेरै विमानस्थल भएका १० देश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तपाइँलाई थाहा छ विश्वमा सबैभन्दा बढी एयरपोर्ट भएको देश कुन हो ? उत्तर हो, अमेरिका।

सीआईए वर्ल्ड फ्याक्टबुकले हालै सर्वाधिक विमानस्थल भएका देशहरुको सूची सार्वजनिक गरेको छ। जसमा १५ हजार ८७३ विमानस्थलका साथ अमेरिका शीर्ष स्थानमा रहेको छ।

Esewa
Crest

अमेरिकापछि ब्राजिलमा सबैभन्दा धेरै विमानस्थल छन्। दक्षिण अमेरिकाको सबैभन्दा ठूलो देशमा ४ हजार ९१९ वटा विमानस्थल छन्।

यो सूचीमा अस्ट्रेलिया तेस्रो स्थानमा छ। जहाँ कुल २ हजार १८० विमानस्थल छन्। मेक्सिकोमा विमानस्थलको संख्या १ हजार ४८५ वटा रहेको छ।

क्षेत्रफलको हिसाबले विश्वको दोस्रो ठूलो देश क्यानडामा १ हजार ४२५ विमानस्थल छन्। बेलायतमा १ हजार ४३ विमानस्थल छन्।

क्षेत्रफलका आधारमा विश्वको सबैभन्दा ठूलो देश रुसमा विमानस्थलको संख्या ९०४ रहेको छ। त्यस्तै, युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश जर्मनीमा विमानस्थलको ८३८ विमानस्थल छन्।

लामो समयदेखि आर्थिक संकटबाट गुज्रिरहेको अर्जेन्टिनामा विमानस्थलको संख्या ७५६ रहेको छ। युरोपेली देश फ्रान्समा ६८९ विमानस्थल छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS