IME Life New

यी हुन् विश्वका सबैभन्दा सफा १० विमानस्थल, एसियाली मुलुकको वर्चश्व

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वको सबैभन्दा सफा १० विमानस्थलको सार्वजनिक सार्वजनिक भएको छ। यो सूचीमा युरोपको एउटामात्र विमानस्थल पर्न सफल भएको छ।

सफा १० विमानस्थलको सूचीमा एसियाको वर्चश्व रहेको छ। स्विट्जरल्यान्डको जुरिच विमानस्थल दसौँ स्थानमा आउँछ। यो अनुसन्धान एयरलाइन रेटिङ संगठन स्काईट्रयाक्सले गरेको छ। स्काईट्रयाक्सले सार्वजनिक गरेको तथ्यांकअनुसार टोकियोको हानेडा एयरपोर्ट विश्वको सबैभन्दा सफा विमानस्थलको सूचीमा पहिलो स्थानमा परेको छ।

Esewa
Crest

स्काईट्रयाक्सले भुइँ, सिट, सार्वजनिक क्षेत्र र शौचालयको सरसफाइका आधारमा विश्वका सफा विमानस्थलको सूची तयार गरेको हो। ‘कोभिड महामारीपछि विमानस्थलको सरसफाइका मापदण्ड ग्राहकका लागि धेरै महत्वपूर्ण भएका छन्’, उसले भनेको छ, ‘यी उच्च मापदण्ड कायम राख्ने विमानस्थल सरसफाइमा उत्कृष्ट रहेको चित्रित गर्छ।’

एसियाली राष्ट्रले यो सूचीमा ४ शीर्ष स्थान जापानले समेटेको छ। जसअनुसार पाँचौँ स्थानमा सेन्ट्रेयर नागोया, छैटौँमा टोकियो नारिता र सातौँमा कन्साई विमानस्थल रहेका छन्।

दक्षिण कोरियाको सियोल इन्चेन दोस्रो स्थानमा र सिंगापुर चांगीले तेस्रो स्थानमा दाबी गरेको छ। दोहा हमाद चौथो, हङकङ र ताइवान ताओयुवान क्रमशः आठौँ र नवौँ स्थानमा छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS