IME Life New

यी हुन् विश्वका महँगा ५ ‘सिक्का’, एउटैको मूल्य सवा १ अर्बसम्म

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। संसारमा पैसाको आफ्नै महत्व छ। तर, कहिलेकाहीँ यी पैसा केही कारणले मूल्यवान हुन्छन्। जसमा ती पैसाको आयु, मुद्रण त्रुटि र ऐतिहासिक महत्व समावेश छन्। संसारमा केह िसिक्का सबैभन्दा महँगा पनि छन्।

फ्लोइङ हेयर सिल्भर कपर डलर

Esewa
Crest

अमेरिकाको फ्लोइङ हेयर सिल्भर कपर डलर संसारमा बेचिने सबैभन्दा महँगो सिक्का हो। यो सिक्का सन् २०१३ मा लिलामी भएको सबैभन्दा महँगो सिक्का थियो। अमेरिकाले सन् १७९२ मा यस्ता सिक्का उत्पादन गर्न थालेको थियो। यस्तो सिक्का २ वर्षका लागि मात्र बनाइएको थियो। यसको मूल्य करिब १ अर्ब २० करोड रुपैयाँ रहेको छ।

डबल इगल

यो सूचीमा दोस्रो नाम डबल इगल हो। यो सिक्का सन् १९३३ मा अमेरिकामा जारी भएको थियो। यी सिक्का पछि राष्ट्रपति रुजवेल्टले प्रतिबन्ध लगाएका थिए। आज यो सिक्का राख्न अवैध छ। तत्काल जफत गर्ने अधिकार छ। यसको मूल्य करिब ९१ करोड रुपैयाँ रहेको छ।

सेन्ट–गाउडेन्स डबल इगल

सन् १९०७ मा टकसालले सेन्ट–गाउडेन्स डबल इगल सिक्का जारी गरेको थियो। यो संसारको सबैभन्दा मूल्यवान सिक्कामध्ये गणना गरिन्छ। यो सिक्काको मूल्य पनि करिब ९१ करोड रुपैयाँ रहेको छ।

ब्रासर डबलुन

यस सूचीमा अर्को नाम ब्रासर डबलुन सिक्का हो। यो सिक्का सन् १७८७ मा जारी भएको थियो। यसको मूल्य करिब ८८ करोड रुपैयाँ रहेको छ।

एडवर्ड थर्ड फ्लोरिन

विश्वको पाँचौँ महँगो सिक्काको नाम एडवर्ड थर्डफ्लोरिन हो। यो सिक्का सन् १३४३ मा चलनमा आएको थियो। यो सिक्काको मूल्य ८० करोड ७८ लाख रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS