IME Life New

यी हुन् मर्जरको अन्तिम चरणमा पुगेका सानिमा र रिलायन्स लाइफका सर्वाधिक ठुला लगानीकर्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा लाइफ र रिलायन्स लाइफले मर्जरको विशेष प्रस्ताव यहि फागुन १२ गते साधारणसभाबाट पारित गर्दै छन् । दुबै कम्पनीका आधारभुत प्रमुख शेयरधनी बैंक रहेका छन् । सानिमा लाइफमा एनआरएनको लगानी रहेको छ भने रिलायन्स लाइफमा मारवाडी समुदायको लगानी रहेको छ । यी दुई समुहले आफ्नो प्रमुख लगानी रहेका बैंक सहित लगानी गरेकाले मर्जर पछि बन्ने सानिमा रिलायन्स लाइफमा सानिमा बैंक र सिद्धार्थ बैंकको प्रमुख लगानी रहनेछ ।

रिलायन्स लाइफमा एक प्रतिशत भन्दा बढी लगानी रहेका आधारभुत शेयरधनीको संख्या १० रहेको छ । सबैभन्दा ठुलो लगानी सिद्धार्थ बैंकको १२.५७१ प्रतिशत रहेको छ । यस पछि दोस्रो ठुलो लगानी अग्नी होल्डिङ प्रा.लिको ४.७६२ प्रतिशत, सविता केडियाको २.३१४ प्रतिशत, मनोज कुमार केडियाको १.९० प्रतिशत, पवन कुमार अग्रवालको पिके इम्पेक्सको नाममा १.९० प्रतिशत, देवराज राजभण्डारीको १.९० प्रतिशत, विराट कुमार तोदीको १.४२ प्रतिशत, नरेन्द्र कुमार अग्रवालको १.४२९ प्रतिशत, ऋषि अग्रवालको १.३१ प्रतिशत र राहुल अग्रवालको १.१९ प्रतिशत लगानी रहेको छ ।

Esewa
Crest

त्यस्तै सानिमा लाइफमा सानिमा बैंकको सबैभन्दा धेरै २० प्रतिशत लगानी रहेको छ । दोस्रो ठुलो लगानी जीवनाथ लामिछानेको १६.३२ प्रतिशत लगानी छ । त्यस्तै एक प्रतिशत भन्दा धेरै लगानी रहेका आधारभुत शेयरधनीहरु घनश्याम थापाको ९.२६ प्रतिशत, अरुण कुमार ओझाको ८.६८ प्रतिशत, विनय कुमार श्रेष्ठको ८.६१ प्रतिशत, टेकराज निरौलाको ६.३६ प्रतिशत, शाम्ब लामाको ५ प्रतिशत, खेमराज लामिछानेको ४.९३ प्रतिशत, सोनम ग्यास्टोको ४.२९ प्रतिशत, प्रभा गोयन्काको ४ प्रतिशत, हरेन्द्र प्रसाद जैसवालको १.४३ प्रतिशत, दिपक कुमार खड्काको १.४१ प्रतिशत, ऋषि प्रसाद रिजालको १.२५ प्रतिशत र रामकृष्ण शाहको १.०७ प्रतिशत लगानी रहेको छ ।

दुई कम्पनी विच आधारभुत शेयरधनीहरुको क्रस होल्डिङ देखिदैन । मर्जर पछि सानिमा समुहको हाबी हुने देखिन्छ । मारवाडी समुदायका प्रतिनिधिहरुको आधारभुत तहको शेयरमा खासै ठुलो लगानी छैन । संख्यात्मक रुपमा धेरै नभएकाले सानिमा समुहको दवदवा रहने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS