IME Life New

यी देशको पासपोर्ट सबैभन्दा शक्तिशाली, नेपालको अवस्था कस्तो ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हेन्ले पासपोर्ट इन्डेक्स २०२४ को सूची सार्वजनिक भएको छ। गत वर्षजस्तै यसपटक पनि हेन्ले पासपोर्ट इन्डेक्समा सिंगापुर र जापान पहिलो स्थानमा छन्। यी दुवै देशको पासपोर्ट विगत ५ वर्षदेखि हेन्ली इन्डेक्समा सबैभन्दा शक्तिशाली पासपोर्ट बनेको छ। तर, यो वर्ष यो सूचकांकमा केही परिवर्तन आएको छ। सिंगापुर र जापानसँगै युरोपका अन्य ४ देश शीर्ष स्थानमा आएका छन्।

फ्रान्स, जर्मनी, इटाली र स्पेनका पासपोर्टधारीले सिंगापुर र जापानजस्ता २२७ गन्तव्यमध्ये १९४ वटा भिसा फ्री (अन–अराइभल) प्रवेश गर्न सक्छन्। हेन्ले पासपोर्ट इन्डेक्समा अमेरिकासँगै दक्षिण कोरिया, स्वीडेन र फिनल्यान्ड दोस्रो स्थानमा छन्। यी देशका पासपोर्ट भएकाले बिना भिसा १९३ देशमा जान पाउनेछन्।

Esewa
Crest

ब्लुमबर्गको रिपोर्टअनुसार अस्ट्रिया, डेनमार्क, आयरल्यान्ड र नेदरल्यान्ड संयुक्त रुपमा तेस्रो स्थानमा छन्। यी देशका पासपोर्टवाहकले १९२ देशको यात्रा गर्न सक्छन्।

यो सूचीमा खाडी राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई) ले सबैभन्दा धेरै प्रगति गरेको छ। यूएई गत वर्ष हेन्ले इन्डेक्समा १४ औँ स्थानमा थियो तर यो वर्ष यूएईको पासपोर्ट ११ औँ शक्तिशाली पासपोर्ट बनेको छ। यूएई पासपोर्टधारकले बिना भिसा १८२ देशमा जान सक्छन्।

यो सूचीमा नेपाल ९८ औँ स्थानमा रहेको छ। नेपालीहरुले अन अराइभल भिसामा ४० वटा देश प्रदेश गर्न पाउनेछन्। छिमेकी मुलुक भारतको पासपोर्टबाहकले भने बिना भिसा ६२ वटा देश यात्रा गर्न पाउनेछन्। भारत हेन्ले पासपोर्ट इन्डेक्सको सूचीमा ८० औँ स्थानमा रहेको छ।

अध्यागमन कन्सल्टेन्सी हेन्ले एन्ड पार्टनर्सका अध्यक्ष डा क्रिस्चियन केलिनले विगत केही वर्षयता देशहरूको प्रवृत्ति यात्रालाई बढी र स्वतन्त्र बनाउनेतर्फ गइरहेको देखिरहेका छौँ। तर सबैभन्दा शक्तिशाली र कम शक्तिशाली देशको पासपोर्टबीचको खाडल पनि फराकिलो बन्दै गएको छ।

शीर्ष १० सबैभन्दा शक्तिशाली पासपोर्ट भएका देश

  • फ्रान्स, जर्मनी, इटाली, जापान, सिंगापुर, स्पेन (१९४ गन्तव्य)
  • फिनल्यान्ड, दक्षिण कोरिया, स्विडेन (१९३ गन्तव्य)
  • अस्ट्रिया, डेनमार्क, आयरल्यान्ड, नेदरल्यान्ड्स (१९२ गन्तव्य)
  • बेल्जियम, लक्जमबर्ग, नर्वे, पोर्चुगल, युनाइटेड किंगडम (१९३ गन्तव्य)
  • ग्रीस, माल्टा, स्विट्जरल्यान्ड (१९० गन्तव्य)
  • चेक गणतन्त्र, न्यूजील्यान्ड, पोल्यान्ड (१८९ गन्तव्य)
  • क्यानाडा, हंगेरी, संयुक्त राज्य अमेरिका (१८८ गन्तव्य)
  • इस्टोनिया, लिथुआनिया (१८७ गन्तव्य)
  • लाटभिया, स्लोभाकिया, स्लोभेनिया (१८६ गन्तव्य)
  • आइसल्यान्ड (१८५ गन्तव्य)
Henley Passport Index 2024 January Global Ranking

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS