IME Life New

यी देशका जनता ‘ट्याक्स फ्री’, कर नउठाए पनि अर्थतन्त्र भने मजबुत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका अधिकांश देशहरुमा सरकारको आम्दानीको मुख्य स्रोत आयकर हो। जनताको आम्दानीका आधारमा आयकर लगाइन्छ। कम कमाउनेले कम आयकर तिर्ने र बढी कमाउनेले बढी कर तिर्नुपर्छ।

विश्वमा यस्ता धेरै देशहरु छन्, जहाँ आयकरको दर निकै उच्च छ। तर, धेरै देशहरु यस्ता पनि छन्, जहाँ जनतासँग १ रुपैयाँ पनि आयकर उठाइँदैन।

Esewa
Crest

यूएई

विश्वमा प्रत्यक्ष करमुक्त अर्थतन्त्र भएका देशलाई हेर्दा संयुक्त अरब इमिरेट्स (यूएई)को नाम पहिलो नम्बरमा आउँछ। यूएईमा जनताबाट कुनै पनि प्रकारको व्यक्तिगत कर लिइँदैन। सरकार अप्रत्यक्ष करहरु जस्तै भ्याट (मूल्य अभिवृद्धि कर) र अन्य शुल्कहरुमा निर्भर छ। तेल र पर्यटनका कारण यूएईको अर्थतन्त्र निकै बलियो छ। जसका कारण यूएईका जनतालाई आयकरबाट राहात दिइएको छ।

बहराइन

बहराइनको नाम पनि करमुक्त देशको सूचीमा परेको छ र यो देशमा पनि जनताबाट कर उठाइएको छैन। यूएईजस्तै बहरानको सरकार पनि मुख्यतया प्रत्यक्ष करको सट्टा अप्रत्यक्ष कर र अन्य शुल्कहरुमा निर्भर छ। यो विधि देशका साना व्यवसाय र स्टार्टअपका लागि धेरै अनुकूल साबित हुने र यसले अर्थतन्त्रलाई पनि टेवा पुग्ने विश्वास गरिन्छ।

कुवेत

करमुक्त देशको सूचीमा कुवेत पनि परेको छ। त्यहाँ कुनै व्यक्तिगत आयकर छैन। पूर्णतया तेलको आम्दानीमा आधारित मुलुकको अर्थतन्त्र जनताबाट १ रुपैयाँ पनि कर नलिई चल्छ। वास्तवमा यसको पछाडिको कारणबारे कुरा गर्ने हो भने कुवेतको अर्थतन्त्रको सबैभन्दा ठूलो हिस्सा तेल निर्यातबाट आउँछ, जसका कारण सरकारले प्रत्यक्ष कर लिनुपर्ने अवस्था छैन। यो मोडल अपनाएपछि करमुक्त मुलुक भए पनि कुवेत समृद्ध अर्थतन्त्रका रुपमा उभिएको छ।

साउदी अरेबिया

साउदी अरबले पनि आफ्ना जनतालाई करको जालबाट पूर्णतया मुक्त राखेको छ र देशमा प्रत्यक्ष कर खारेज गरेको छ। यसको मतलब यो देशमा जनताले आफ्नो आम्दानीको एक भाग पनि करमा खर्च गर्नुपर्दैन। तर, यो देशमा अप्रत्यक्ष कर प्रणाली पनि बलियो छ र यसबाट प्राप्त हुने रकमले अर्थतन्त्रलाई टेवा पुर्याउँछ र धनी अर्थतन्त्रमा पनि गनिन्छ।

बहामास

पर्यटकहरुका लागि स्वर्ग भनिने बहामास देश पश्चिमी गोलार्धमा पर्छ। यो देशको विशेष कुरा यो हो कि यहाँ बस्ने नागरिकले आयकर तिर्नुपर्दैन।

ओमान

यो सूचीमा बहराइन र कुवेतबाहेक खाडी राष्ट्र ओमान पनि परेका छन्। ओमानका नागरिकहरुले आयकर तिर्नु पर्दैन। यसको कारण ओमानको बलियो तेल र ग्यास क्षेत्र मानिन्छ।

कतार

कतार आफ्नो तेल क्षेत्रमा पनि निकै बलियो छ। यो देश सानो भए पनि त्यहाँका मानिस निकै धनी छन्। त्यहाँ पनि आयकर उठ्दैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS