IME Life New

यी गल्तीले विश्वकै दोस्रो ठूलो अर्थतन्त्र संकटमा, विश्वमा कस्तो पर्ला असर ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। चीनको अर्थतन्त्रले अहिले धेरै समस्या झेलिरहेको छ। जसमा सुस्त आर्थिक वृद्धिदर, द्रुत रुपमा बढ्दो बेरोजगारी र घरजग्गा कारोबारमा संकट समावेश छ। विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले गत वर्षदेखि नै खराब आर्थिक अवस्थाको सामना गरिरहेको छ।

गत वर्ष अर्थात २०२३ मा चीनको अर्थतन्त्रमा गिरावट आउन थालेको हो। यो वर्ष पनि जारी छ। चीनले यो अवस्था सुधार्न धेरै प्रयास गरिरहेको छ। तर, पनि समस्या हटेको छैन। चीनले आफ्नो अर्थतन्त्रमा खराब कर्जाको समस्या समाधान गर्न ठूलो संख्यामा साना बैंक मर्ज गर्दैछ। तर, यो वर्ष पनि चीनलाई पुनरागमन गर्न गाह्रो हुने विज्ञहरु बताउँछन्।

Esewa
Crest

चीनको खस्कँदै गएको अर्थतन्त्रको मार अन्य देश र बहुराष्ट्रिय कम्पनीहरुले पनि भोग्नुपर्नेछ। अर्थतन्त्र खस्किनुका एक–दुईमात्र होइन धेरै कारण छन्। धेरै गल्ती चीनलाई महँगो साबित भएको छ। जसका कारण चीनको अर्थतन्त्र धरासायी भएको छ।

चीनको अर्थतन्त्रमा संकट आउनुका धेरै कारण छन्। चीनमा सुस्त आर्थिक वृद्धिदर, कम वैदेशिक लगानी, सम्पत्ति क्षेत्रको संकट, कमजोर निर्यात, कमजोर मुद्रा र युवाको निरन्तर बढ्दो बेरोजगारीका कारण संकट बढ्दै गएको छ। चीनका जनताले रियल स्टेटमा आफ्नो कुल लगानीको करिब ७० प्रतिशत लगानी गरेका छन्। रिपोर्टका अनुसार २०२२ को अन्त्यसम्म करिब ७८ करोड चिनियाँ नागरिक ऋणमा डुबेका थिए र उनीहरुको सबै ऋण घरजग्गामा थियो। सन् २०२१ मा चिनियाँ सरकारले निर्माण व्यवसायीहरुका लागि ऋण सीमा सीमित गरेको थियो। त्यसपछि धेरै निर्माण व्यवसायी डिफल्टर बनेका छन्। सयौँ आयोजना पूरा हुन सकेका छैनन्। जनताले अहिले किस्ता तिर्न पनि छाडेका छन्।

शेयर बजारको खराब अवस्थाले चीनको अर्थतन्त्रमा पनि असर गरेको छ। चीनमा २२ करोडभन्दा बढी मानिसले शेयर बजारमा लगानी गरेका छन्। तर, चीनको शेयर बजारको अवस्था नाजुक छ। चीनको शेयर बजार विगत ३ वर्षमा ५० प्रतिशतले घटेको छ। चीन सरकारले बचतमा जोड दिएको छ। चीनको यो घरेलु नीतिले आर्थिक अवस्थालाई पनि असर गरेको छ। चिनियाँहरुले धेरै बचत गर्छन्। चीनको कम घरेलु खर्चका कारण अर्थतन्त्रले गति लिन सकेको छैन। चिनियाँहरु धेरै खर्च गर्नबाट जोगिन्छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS