IME Life New

यस्तो देखियो समृद्धि फाइनान्सको प्रथम त्रैमास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४७ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सको नाफा १० लाख ११ हजार रुपैयाँ ऋणात्मक थियो।

१८ करोड १९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको जगेडा कोषमा २१ करोड ९८ लाख रुपैयाँ तथा शेयर प्रिमियममा १३ लाख ६० हजार रुपैयाँ सञ्चित छ भने रिटेन्ड अनिङ्ग २७ करोड ९५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

Esewa
Crest

समिक्षा अवधिसम्ममा फाइनान्सको खुद ब्याज आम्दानी २७ लाख ३५ हजार रुपैयाँ ऋणात्मक रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सको यस्तो आम्दानी १७ लाख ६४ हजार रुपैयाँ थियो।

त्यस्तै, गत आर्थिक वर्षको असोज मसान्तसम्ममा २२ लाख ३२ हजार रुपैयाँ ऋणात्मक रहेको फाइनान्सको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३७ लाख ४० हजार रुपैयाँ संचालन मुनाफा गरेको छ।

समिक्षा अवधिसम्ममा फाइनान्सले २४ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गरी ६ करोड ६७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। सो अवधिसम्ममा फाइनान्सको वितरण योग्य मुनाफा ३६ लाख ८० हजार रुपैयाँ रहेको छ।

फाइनान्सको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १० रुपैयाँ ४३ पैसा रहेको छ। फाइनान्सको आधार दर २९.५ प्रतिशतबाट २४.८ प्रतिशतमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS