IME Life New

यस्तो देखियो महुली लघुवित्तको तेस्रो त्रैमास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक र्वाको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाले को नाफा ३६।५९ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लघुवित्तले १ करोड ८२ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिमा लघुवित्तले २ करोड ८७ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

१२ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी भएको लघुवित्तको जगेडा कोषमा १८ करोड ९३ लाख रुपैयाँ सञ्चित छ। तेस्रो त्रैमाससम्ममा लघुवित्तले १ अर्ब ४ करोड ६३ लाख रुपैयाँ निक्षेप संकलन तथा १ अर्ब २२ करोड ७१ लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थाहरुबाट सापटी लिएर २ अर्ब ४५ करोड ३६ लाख रुपैयाँ ऋण लगानी गरेको छ।

Esewa
Crest

चैतसम्म ११ करोड ४१ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको लघुवित्तले कर्जा नोक्सानी, कर्मचारी र अन्य सञ्चालन लगायतका विभिन्न खर्च पश्चात ३ करोड ७ लाख सञ्चालन नाफा कमाएको छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १९ रुपैयाँ ८३ पैसा ,प्रतिशेयर नेटवर्थ २५४ रुपैयाँ ६८ पैसा र मूल्य आम्दानी अनुपात ४५.१३ गुणा बढी छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS