IME Life New

यस्ता छन् विश्वमै धेरै दुर्घटना भोगेका एयरलाइन्स कम्पनी र विमानका प्रकार (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । स्थल र जलभन्दा हवाई यात्रालाई निकै सुरक्षित मानिन्छ। तर, कहिले–कहीँ विभिन्न किसिमका प्राविधिक त्रुटि, कम्पनीको लापरबाही र पाइलटको असावधानीले ठूल्ठूला विमान दुर्घटनाका घटना पनि भएका छन्। तपाइँले कहिल्यै सोच्नुभएको छ कि कुन एयरलाइन्स कम्पनीको सबैभन्दा बढी विमान दुर्घटना भएको छ ? सायद कमैले थाहा होला।

एक्जिक्युटिभ फ्लायर्सले हालै विश्वमा सबैभन्दा धेरै दुर्घटनाको घटना भोगेका एयरलाइन्स कम्पनी र दुर्घटनामा परेका विभिन्न प्रकारका विमानका सूची सार्वजनिक गरेको छ।

Esewa
Crest

धेरैपटक दुर्घटना भोगेका एयरलाइन्स कम्पनी

  • लुफ्थान्साः ५ वटा विमान दुर्घटनाका घटना
  • कन्टिनेन्टल एयरलाइन्स (युनाइटेड एयरलाइन्ससँग मर्ज): ५ वटा विमान दुर्घटनाका घटना
  • अमेरिकन इगल (अमेरिकन एयरलाइन्स सहायक कम्पनी): ५ वटा विमान दुर्घटनाका घटना
  • थाई एयरवेजः ६ वटा विमान दुर्घटनाका घटना
  • इथियोपियन एयरलाइन्सः ६ वटा विमान दुर्घटनाका घटना
  • इजिप्ट एयरः ६ वटा विमान दुर्घटनाका घटना
  • युनाइटेड एयरलाइन्सः ७ वटा विमान दुर्घटनाका घटना
  • पाकिस्तान इटरनेसनल एयरलाइन्सः ८ वटा विमान दुर्घटनाका घटना
  • कोरियन एयरः ९ वटा विमान दुर्घटनाका घटना
  • चाइना एयरलाइन्सः ९ वटा विमान दुर्घटनाका घटना
  • अमेरिकन एयरलाइन्सः ११ वटा विमान दुर्घटनाका घटना
  • एयर फ्रान्सः ११ वटा विमान दुर्घटनाका घटना

यस्ता छन् थुप्रै पटक दुर्घटनामा परेका विमानको प्रकार र क्षति

  • बोइङ ७३७ विमानः दुर्घटना १४९ (४३६० मानवीय क्षति)
  • बोइङ ७४७ विमानः दुर्घटना ४९ (३७१३ मानवीय क्षति)
  • एयरबस ए३०० विमानः दुर्घटना ३३ (१४१६ मानवीय क्षति)
  • एयरबस ए३२० विमानः दुर्घटना २८ (११११ मानवीय क्षति)
  • बोइङ ७३७एनजी विमानः दुर्घटना २७ (११३७ मानवीय क्षति)

त्यसो भए कुन एयरलाइन सबैभन्दा सुरक्षित हो?

एक्टिक्युटिभ फ्लायर्सले अस्ट्रेलियाको क्वान्टास एयरवेजलाई विश्वको सबैभन्दा सुरक्षित एयरलाइनका रूपमा छानेको छ। क्वान्टास अस्ट्रेलियाको फ्ल्यागसिपवाहक हो भन्ने तथ्यको बाबजुद एयरलाइनले एउटा पनि दुर्घटना व्यहोरेको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS