IME Life New

यस्ता छन् विश्वका सबैभन्दा मूल्यवान १० बीमा कम्पनी, चिनियाँ वर्चश्व कायमै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका सबैभन्दा मूल्यवान बीमा कम्पनीमा चिनियाँ वर्चश्व कायमै रहेको छ।

ब्रान्ड फाइनान्सले सार्वजनिक २०२४ को सूचीअनुसार विश्वका सबैभन्दा मूल्यवान बीमा कम्पनीमा चीनको वर्चश्व कायमै रहेको देखिएको हो। विश्वका सबैभन्दा मूल्यवान बीमा ब्रान्डले अनुकूलन क्षमता र नवीनतम बीमा रणनीतिमार्फत आफ्नो स्तर कायम हुन्छन्।

Esewa
Crest

ब्रान्ड फाइनान्सले तयार पारेको विश्वका मूल्यवान बीमा कम्पनीको सूचीको पहिलो स्थान चिनियाँ कम्पनी पिङ यन रहेको छ। यो कम्पनीको मूल्य ३३.६ अर्ब डलर रहेको छ।

यसैगरी जर्मनीको एलायन्ज दोस्रो ठूलो मूल्यवान बीमा कम्पनी हो। यसको मूल्य २४.६ अर्ब डलर रहेको छ।

तेस्रोमा चिनियाँ कम्पनी चाइना लाइफ रहेको छ। यो कम्पनीको मूल्य १७.५ अर्ब डलर रहेको छ।

ब्रान्ड फाइनान्सको सूचीको चौथो स्थानमा फ्रान्सको एएक्सए र पाँचौँ स्थानमा चीनको चाइना प्यासफिक लाइफ रहेको छ। यी कम्पनीको मूल्य क्रमशः १६.६ अर्ब डलर र १५.३ अर्ब डलर रहेको छ।

यो सूचीमा अमेरिकाको जीईआईसीओ, चीनको पीआईसीसी, हङकङको एआईए, अमेरिकाको मेटलाइफ र अमेरिकाकै प्रोग्रेसिभ क्रमशः पाँचौँदेखि दसौँ स्थानमा छन्। जीईआईसीओको मूल्य १४.६ अर्ब डलर, पीआईसीसीको १३.३ अर्ब डलर, एआईएको १३.२ अर्ब डलर, मेटलाइफको १२.३ अर्ब डलर र प्रोग्रेसिभको १२.३ अर्ब डलर रहेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS