IME Life New

यस्ता छन् विश्वका उत्कृष्ट बीमक, सर्भेमा यसरी गरियो २९८ कम्पनीको मूल्यांकन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फोर्ब्सले विश्वका उत्कृष्ट बीमा कम्पनीहरुको नाम सार्वजनिक गरेको छ। फोर्ब्सले स्ट्याटिस्टा नामक संस्थासँगको सहकार्यमा सन् २०२४ को विश्वका उत्कृष्ट बीमा कम्पनीहरुको नाम सार्वजनिक गरेको हो।

स्ट्याटिस्टासँगको सहकार्यमा दोस्रो वर्ष फोर्ब्सले विश्वका १५ वटा देशका ४५ हजार बीमितसँग गरेको सर्भेका आधारमा विश्वका उत्कृष्ट बीमा कम्पनीहरुको सूची तयार पारेको हो। सर्भेमा सहभागी बीमितले पछिल्लो ३ वर्षको अवधिमा कम्तीमा एउटा घर बीमा, गाडी बीमा वा जीवन बीमा पोलिसी लिएको हुनुपर्ने अनिवार्यता गरिएको थियो। सर्भेका क्रममा सहभागी बीमितहरुलाई अरुलाई आफ्नो बीमा कम्पनीमा बीमा पोलिसी लिन आग्रह गरेको, आफूले बीमा पोलिसी लिएको कम्पनी र कर्मचारी प्रदान गर्ने सेवाबाट सन्तुष्ट रहेको वा नरहेकोबारेमा सोधिएको थियो।

Esewa
Crest

यसैगरी सर्भेमा सहभागी गराइएका बीमितलाई कस्टमर सर्भिस, प्राइस परफर्मेन्स, पारदर्शी र अन्य सेवासुविधाका बारेमा पनि जिज्ञासा राखिएको थियो। बीमितको प्रतिक्रिया र कम्पनीले आफ्नो देशमा प्राप्त गरेको अंकका आधारमा फोर्ब्सले विश्वका उत्कृष्ट बीमा कम्पनीको सूची तयार गरेको हो।

सर्भेमा विश्वका २९८ वटा कम्पनीलाई समावेश गरिएको थियो। तीमध्ये कम्तीमा एउटा वर्गमा अर्थात गाडी बीमामा १६०, घर बीमामा १३० र जीवन बीमामा १४५ कम्पनी परेका थिए। घर, गाडी र जीवन गरी तीनवटै वर्गमा ३१ वटा कम्पनी परेका थिए। केही कम्पनीले यी तीनैवटा बीमा सुविधा विभिन्न देशमा उपलब्ध गराउँदै आएको सर्भेका क्रममा फेला परेको थियो।

घर, गाडी र जीवन बीमा तीनवटै वर्गमा परेको एएक्सएले जर्मनी र इटाली तथा अल्लिएन्जले जर्मनी र ब्राजिलमा सेवा प्रवाह गरिरहेका छन्। यी दुवै उत्कृष्ट बीमा कम्पनीमा परेका छन्।

यसैगरी सर्भेका आधारमा बेलायतमा एनएफयू म्युचुअलले उत्कृष्ट बीमा कम्पनीको उपाधि पाएको छ। यो कम्पनीले घर र गाडी बीमा सुविधा उपलब्ध गराइरहेको छ।

फोर्ब्सका अनुसार क्यानडामा सीएए इन्स्योरेन्स कम्पनी सबैभन्दा उत्कृष्ट कम्पनी हो। यो कम्पनीले घर र गाडी बीमा सुविधा प्रदान गरिरहेको छ। यो वर्ष कम्पनीले ५० औँ वार्षिकोत्सव पनि मनाएको छ। वार्षिकोत्सवा अवसरमा गाडी बीमाअन्तर्गत कम्पनीले विभिन्न अफर ग्राहकसमक्ष ल्याएको छ।

झन्डै १०० वर्ष पुरानो कन्ट्री फाइनान्सियल पनि फोर्ब्सको उत्कृष्ट बीमा कम्पनीको सूचीमा परेको छ। घर, गाडी र जीवन तीनवटै बीमा सुविधा उपलब्ध गराउँदै आएको यो कम्पनी अमेरिकाको उत्कृष्ट १० भित्र रहेको छ। यसैगरी जीवन बीमा सेक्टरमा भने कन्ट्री फाइनान्सियल कम्पनीले अमेरिकाकै नम्बर वान कम्पनी हो।

यसैगरी अमेरिकाको न्युयोर्कस्थित यूएसएए पनि घर, गाडी र जीवन बीमा प्रदान गर्ने उत्कृष्ट १० कम्पनीभित्र पर्न सफल रहेको छ। यो कम्पनीले विशेषगरी अमेरिकी सैनिक र तिनका परिवारलाई बीमा सुविधा उपलब्ध गराउँदै आएको छ।

अमेरिककै अलस्टेट पनि जीवन र घर बीमामा उत्कृष्ट कम्पनीभित्र रहेको सर्भेका क्रममा पाइएको छ। – एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS