IME Life New

यसै साताबाट बन्द गर्दैछ गुगलले निष्क्रिय अकाउन्ट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । तपाइँले गुगल अकाउन्ट प्रयोग नगरेको कति भयो ? १ वर्ष, २ वर्ष वा ५ वर्ष ? यदि २ वर्षभन्दा लामो समयदेखि तपाइँले गुगल अकाउन्ट प्रयोग गर्नुभएको छैन भने अब बन्द हुनेछ।

गुगलले २ वर्षभन्दा बढी समयदेखि निष्क्रिय रहेका गुगल अकाउन्टहरु यही सातादेखि बन्द गर्न लागेको हो। आउँदो शुक्रबारदेखि गुगलले त्यस्ता निष्क्रिय अकाउन्टहरु बन्द गर्न सुरु गर्नेछ।

Esewa
Crest

कम्पनीले गत मे महिनामा नयाँ पोलिसी सार्वजनिक गरेको थियो। जसमा प्रयोगकर्ताको डाटा सुरक्षाका लागि निष्क्रिय रहेका गुगल अकाउन्टहरु बन्द गर्न लागिएको जानकारी गराइएको थियो। त्यस्ता निष्क्रिय अकाउन्टहरुको प्रयोग गरी ह्याकरहरुले फिसिङ र ह्याकिङ गर्ने जोखिम रहेको कम्पनीले जनाएको छ। ‘त्यसैले त्यस्ता निष्क्रिय अकाउन्टहरु बन्द गरेर गुगललाई थप सुरक्षित र भरपर्दो पार्न लागिएको हो’, कम्पनीले भनेको छ।

गत अगस्टदेखि नै गुगलले म्यासेज पठाउँदै निष्क्रिय अकाउन्टहरु बन्द गर्न लागिएको जानकारी गराएको थियो। पहिलो चरणमा गुगल अकाउन्ट खोल्ने तर पछि कहिले पनि प्रयोग नगर्नेहरुको अकाउन्ट बन्द गरिने गुगलले जनाएको छ। ‘यसो गर्नुको मुख्य कारण प्रयोगकर्ताको निजी जानकारी सुरक्षित गर्दै त्यस्ता निष्क्रिय अकाउन्ट दुरुपयोग रोक्नु नै रहेको छ’, कम्पनीले आफ्नो पोलिसीमा भनेको छ। –एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS