IME Life New

‘यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार’ विजेताहरुको नाम घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमै प्रतिष्ठित र सर्वाधिक रुचाइएको डेरी ब्रान्ड सीताराम गोकुल मिल्क्स प्रालिले बडादसैँ, दिपावली र छठ पर्वको उपलक्ष्यमा ल्याएको “यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार” योजनाको विजेताहरुको घोषणा भएको छ ।

मंसिर १८ गते सोमबार सीतारामको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारणसमेत गरिएको लक्की ड्रमार्फत विजेताले प्रथम पुरस्कारस्वरूप Hisense Multi Door Fridge प्राप्त गरेका छन्।

Esewa
Crest

यसका साथै सोही लक्की ड्रमार्फत दोस्रो र तेस्रो पुरस्कारका विजेताहरु पनि घोषित भएका छन्। दोस्रो पुरस्कारका रूपमा Hisense 50 inches TV रहेको छ भने तेस्रो पुरस्कारमा Hisense washing machine रहेको छ।

यसअतिरिक्त २० जनाले सान्त्वना उपहारका रूपमा इन्डक्सन, हिटर/वाटर हट पट प्राप्त गरेका छन् । विजेताहरुको सम्पूर्ण विवरण सीतारामको आधिकारिक फेसबुक पेजमा हेर्न सकिनेछ। उक्त कार्यक्रमको सञ्चालन चर्चित हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ ले गरेका थिए। कार्यक्रममा अतिथिका रुपमा रतन लाल केडिया, सुमित केडिया र रचित केडियाको उपस्थिति थियो। सबैले सीतारामका तर्फबाट सबै विजेताहरूलाई बधाइ दिएका थिए।

उत्कृष्ट र गुणस्तरीय डेरी उत्पादनद्वारा ग्राहकमाझ एक विशिष्ट पहिचान बनाएको सीतारामले नेपालीको महान चाड दसैँ, तिहार र छठलाई लक्षित गरी “यसपालि सीता रामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार” नारासहित यो योजना जारी गरेको थियो। यस योजनाअन्तर्गत सीतारामका दूधजन्य उत्पादन खरिद गर्दा ग्राहकले एउटा कुपन पाएका थिए। यही कुपनका आधारमा सोमबारका विजेता घोषणा भएका हुन्।
सीताराम गोकुल मिल्क्सले विगत २८ वर्षदेखि दूध तथा दूधजन्य उत्पादन नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। सीतारामले दूध, दही, घिउ, बटर, पनिर, फ्लेबर मिल्क, लस्सीलगायत अन्य दूधजन्य उत्पादन ग्राहकलाई उपलब्ध गराउँदै आएको छ। सीतारामका उत्पादन उच्च गुणस्तरका हुनुका साथै ग्राहक स्वास्थ्यलाई मध्यनजर गर्दै राम्रो प्याकेजिङमा पनि उपलब्ध गराइन्छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS