IME Life New

यसकारण भारतीय शेयर बजारमा हाहाकार, सेन्सेक्समा ५५०० अंकको गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय शेयर बजारमा आज ठूलो पहिरो गएको छ। लोकसभा चुनावमा अपेक्षित नतिजा नआउने संकेत पाएपछि भारतीय शेयर बजारमा ठूलो गिरावट आएको छ।

यो समाचार तयार पार्दासम्म सेन्सेक्स करिब ५५०० अंकले घटेको छ। यतिबेला सेन्सेक्स ७२००० भन्दा तल झरेको छ।
उता निफ्टी पनि १९०० अंकले घटेको छ। योसँगै निफ्टी २१३७० विन्दुमा झरेको छ।

Esewa
Crest

भारतीय शेयर बजारबाट यो गिरावट सन् २०२० मार्च २३ यताकै सबैभन्दा ठूलो हो। त्यतिबेला कोरोना महामारीका कारण भारतीय शेयर बजारमा १३.१५ प्रतिशतको गिरावट आएको छ। त्यतिबेलाा मार्च २२ मा सेन्सेक्स २९९१५ स्तरमा थियो। सेन्सेक्स ३९३४ अंकले घटेर २५९८१ को विन्दुमा झरेको थियो।

लोकसभा चुनावमा ५४२ सिटको मतगणना सुरु भएको छ। सुरुआती रुझानमा एनडीएले २८४ सिट र आईएनडीआईएले २२२ सिटमा अग्रता लिइरहेका छन्। भारतीय शेयर बजारका लगानीकर्ताले एनडीएले भारी बहुमत ल्याउने अपेक्षा गरेका थिए। तर, अहिले दुवैबीच टक्कर देखिएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS