IME Life New

यती ग्रुपले गाेकर्ण रिसाेर्टमा अस्सी कराेड खर्चेर सभा हल निर्माण गर्दै, बैंक ऋण मात्रै ७४ कराेड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । यती समूहकाे लगानी रहेकाे गाेकर्ण फरेष्ट रिसाेर्टले अस्सी कराेड रुपैयाँ खर्चिएर सभा हलकाे निर्माण गर्दैछ। निर्माणाधीन सभा हल निर्माण गर्न ७४ कराेड रूपैयाँ बै‌ंक ऋण समेत लिंदैछ।

बैंक ऋण प्रयाेजनाका लागी गराएकाे वित्तीय जाेखिम मूल्या‌ंकनमा केयर रेटिङ्गस नेपालले दीर्घकालीन कर्जाका लागी केयर एनपि एडबलबी श्रेणी दिएकाे छ। र अल्पकालीन कर्जाका लागी केयरएनपि एफाेर रेटिङ दिएकाे छ।

Esewa
Crest

बै‌ंक ऋणकाे दबाब बढ्दै गएपछि वित्तीय दायीत्व व्यवस्थापन गर्नका लागी यती एयरलाइन्समा साझेदार भित्र्याउने तयारी गरेकाे थियाे । पाेखरामा भएकाे ७२ सिटे विमान एटिआर दुर्घटना र हालकाे आर्थिक मन्दी समेतका कारण हवाई सेवा खस्किएकाले ठूलाे जाेखिम माेल्ने साझेदार तत्काल फेला पार्न सकेन । यसैबीच रिसाेर्टमा सभा हल निर्माणकाे प्रस्ताव अघि सार्दै कर्जावापत हाेटलमार्फत् ठूलाे रकमका लागी रेटिङ गराएकाे हाे।

केयर रेटिङ्गसका अनुसार गाेकर्ण रिसाेर्टले लगानी थप्न लागेकाे भएपनि अन्य समान स्तरका हाेटल र विकल्पहरू उपलब्ध भएकाले चुनाैती देखिन्छ। यसबाहेक गोकर्णको रिसोर्टकाे व्यापार पनि अहिलेकाे मन्दीबाट प्रभावित हुने जाेखिम पनि उत्तिक्कै छ। यसबाहेक, गोकर्ण रिसाेर्ट एकल सम्पत्ति हो,जसले भौगोलिक विविधताकाे अवसरलाई सीमित गरेकाे छ।

केयर रेटिङ्गसका अनुसार हालसम्म चालू पूँजीका लागी ऋण सुविधामा निर्भर हुनुपर्ने अवस्था नभएपनि कम्पनीको विस्तारित चालू पूँजी चक्र पनि वित्तीय जाेखिम मूल्याङ्कनमा चासाेकाे विषय बनेको छ। कम्पनीको क्षमता रिसोर्टको सञ्चालनमा सुधार कायम राख्ने, प्रस्तावित परियोजनालाई अपेक्षित समयसीमा र लागतमा पुरा गर्ने र त्यसपछि पर्याप्त आय गर्न सक्ने क्षमता मूल्याङ्कनका लागी संवेदनशीलता रहनेछ।

यती हाेल्डिङ्स अन्तर्गतकाे शेर्पा हस्पिटालिटी ग्रुप अन्तर्गत नेपालमा गाेकर्ण फरेष्ट रिसाेर्ट, कसरा रिसाेर्ट, यती माउण्टेन हाेम, माेक्ष मुस्ताङ, केर एण्ड डनी नेपाल, लुम्बिनी हाेक्के हाेटल, ब्रागा रिसाेर्ट मनाङ, सिन्तामणी मुस्ताङ रिसाेर्टकाे साथै १५ वटा हिमाली लज सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS