IME Life New

म्युनिख रिकाे सहयाेगमा समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा पनि हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाैं । म्युनिख रि फाउण्डेशनकाे सहयाेगमा नेपालले आगामी वर्ष समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनकाे आयाेजना गर्ने भएकाे छ। नेपाल भ्रमणमा रहेका फाउण्डेशनका प्रतिनिधिले नेपालले सन् २०२४ काे अक्टाेबर महिनामा नेपालले समावेशी बीमा सम्बन्धी २० औ‌ं अन्तर्राष्ट्रिय सम्मेलनकाे आयाेजना गर्ने घाेषणा गरेका हुन् ।

सम्मेलनकाे पूर्व तयारी सम्बन्धमा आयाेजक राष्ट्र र सहयाेगी फाउण्डेशनका प्रतिनिधिबीच अन्तरकृयाका क्रममा फाउण्डेशनका उपाध्यक्ष डर्क रेनहर्डले नेपालमा सम्मेलन आयाेजना गर्ने जानकारी गराएका हुन् । यसकाे औपचारिक घाेषणा भने आगामी अक्टाेबर महिनामा अफ्रिकी मुलुक घानामा आयाेजना हुने ‘समावेशी बीमा मुद्दा सम्बन्धमा अन्तर्राष्ट्रिय सम्मेलन’ मा घाेषणा हुनेछ। याे सम्मेलनमा नेपालकाे तर्फबाट आइएमई समूहका वरिष्ठ उपाध्यक्ष सुमन पाेखरेलले आप्रवासी कामदारका लागी बीमा र अवकाशवृत्ती सम्बन्धमा नवप्रवर्तन व्यापारिक माेडेल विषयक अन्तरकृयामा वक्ताका रुपमा सहभागी हुँदैछन्।

Esewa
Crest

आगामी वर्ष नेपालमा आयाेजना हुने सम्मेलनमा आयाेजक राष्ट्र बाहेक अन्य विभिन्न मुलुकबाट २ सय सहभागी सहित बीमा क्षेत्रसँग सम्बन्धित पाँच सय जनाकाे सहभागीता रहने अपेक्षा गरिएकाे छ।

म‌ंगलबार साँझकाे बैठकपछि इन्स्याेरेन्स खबरसँग कुरा गर्दै नेपाल बीमक स‌ंघका अध्यक्ष चंकी क्षेत्रीले नेपालमा अन्तर्राष्ट्रिय सम्मेलनकाे आयाेजना गर्ने अवसर पाउनु ठूलाे अवसर भएकाे प्रतिकृया दिए । उनले भने, न्यून आय भएका समुदायलाई कसरी बीमाकाे सुरक्षा छाताभित्र समावेश गराउन सकिन्छ भन्नेबारेमा हाम्राे नीति निर्माताहरुलाई महत्वपूर्ण जानकारी  हासिल हुनेछ।

सम्मेलनकाे आयाेजनाका लागी नेपाल लगायत विभिन्न मुलुककाे तर्फबाट प्रस्ताव सहित फाउण्डेशन समक्ष दाबी गरिएकाेमा नेपाल छनाैटमा परेकाे हाे ।

सम्मेलन आयाेजनाका लागी सम्मेलनकाे व्यवस्थापनकाे जिम्मेवारी आतिथ्य मुलुक नेपालकाे हुनेछ । सम्मेलनमा छलफलकाे विषय र वक्ताकाे चयन गर्ने जिम्मेवारी सहयाेगी फाउण्डेशनकाे हुनेछ। सम्मेलनकाे तयारीका लागी नेपाल बीमा प्राधिकरण, नेपाल बीमक स‌ंघ, जीवन बीमक संघलगायतकाे प्रतिनिधि सम्मिलित तयारी समितिकाे गठन गरिनेछ।

जर्मनीमा मुख्यालय रहेकाे अन्तर्राष्ट्रिय ख्याती प्राप्त पुनर्बीमक म्युनिख रि ले सामाजिक उत्तरदायीत्व अन्तर्गत फाउण्डेशनमार्फत् विश्वभर बीमामा समावेशिताका लागी विभिन्न कार्यक्रमकाे आयाेजना गर्दै आएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS