IME Life New

म्युचुअल फण्डले अब कोटाको शेयर बाँडफाँड भएको ६ महिनासम्म बेच्न नपाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । म्युचुअल फण्डले कोटावापत खरिद गर्ने प्राथमिक शेयर तत्कालै धितोपत्र बजारमा बिक्री गर्न नपाउने भएका छन् । प्रत्येक सार्वजनिक निष्काशनमा ५ प्रतिशत आरक्षित कोटा अन्तर्गत प्राथमिक शेयर खरिद गर्दै आएका म्युचुअल फण्डलाई शेयर बाँडफाँड भएको मितिले ६ महिनासम्म बिक्री गर्न नपाउने गरी नेपाल धितोपत्र बोर्डले रोक लगाएको हो ।

आइपिओ निष्काशन गरी बाँडफाँड भएको मितिले ६ महिना पुरा नभएसम्म म्युचुअल फण्डले खरिद गरेको आइपिओ बिक्री वा हस्तान्तरण गर्न नपाउने गरी रोक लगाउन बोर्डले सोमबार सिडिएसएम एण्ड क्लियरिङ लि. लाई निर्देशन जारी गरेको हो । शेयर निष्काशन व्यवस्थापकहरुलाई समेत सम्बोधन गरिएको परिपत्रमा स‌ंगठित संस्थाको सार्वजनिक निष्काशन गरिने धितोपत्रको कम्तीमा ५ प्रतिशत धितोपत्र सामूहिक लगानी कोषको लागी छुट्याउनुपर्ने सामूहिक लगानी कोष नियमावली २०६७ को प्रावधान बमोजिम आइपिओ निष्काशनमा म्युचुअल फण्डले विशेष आरक्षण प्राप्त गर्दै आएका छन् ।

Esewa
Crest

बोर्डले ६ महिना भित्र नै योजनाको निर्धारित समयावधि समाप्त हुने वा योजना खारेज हुने अवस्थामा उक्त अवधिभित्र सामूहिक लगानी कोष(म्युचुअल फण्ड) को स्वामित्वमा रहेको धितोपत्र बिक्री तथा हस्तान्तरण गर्न सकिने जनाएको छ।

प्राप्त सुविधावापतको शेयर एक दिन पनि होल्ड नगरी धितोपत्र बजारमा सूचीकृत भएर कारोबार शुरु भएकै दिन नाफा सुरक्षित गरेर बाहिरिने प्रवृत्तीले सर्वसाधारण लगानीकर्तालाई अप्ठेरोमा पारेको गुनासो पछि बोर्डले यस्तो निर्देशन जारी गरेको हो । म्युचुअल फण्डलाई दिइएको सुविधाबारे चासो राख्दै प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले बोर्डसँग लिखित जवाफ समेत मागेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS