IME Life New

म्याग्दीको नारच्याङ्गमा महालक्ष्मी लाइफको बीमा जागरण कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले म्याग्दी जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नं ४ नारच्याङ्गमा यूवासँग महालक्ष्मी लाइफ बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ। जिल्लाको हिमाली भेगमा संचालित कार्यक्रमको अध्यक्षता स्थानीय श्रीजनशिल आमा समूहको अध्यक्ष नीरमाया पुन गुरुङले गरेकी थिइन् ।

लक्ष्मण आचार्यले संचालन गरेको कार्यक्रममा अध्यक्ष गुरुङले पिछडिएको पहाडी र हिमाली भेगमा गरिने यस किसिमको कार्यक्रमले आम मानिसमा बीमा प्रतिको जानकारी र आकर्षण बढ्ने बताएकी छिन् ।

Esewa
Crest

२६ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको धवलागिरी क्षेत्रिय प्रमुख जमुना आचार्यले बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।

महालक्ष्मी लाइफले युवा वर्गमा बीमा सम्बन्धी जनचेतना जगाउने उद्देश्यले युवासँग महालक्ष्मी लाइफ कार्यक्रम गत वर्ष २०७८ आश्विन महिनाबाट संचालनमा ल्याएको थियो।

बीमा जागरण राष्ट्रिय अभियानको यो कार्यक्रम २०७८ चैत्र सम्ममा ८० भन्दा बढी स्कुल कलेज र स्थानीय स्तरमा संचालन भईसकेको छ। पहिलो चरणको बीमा जागरण कार्यक्रम धेरै प्रभावकारी भएकोले छिट्टै यस सम्बन्धी नयाँ कार्यक्रम लिएर आउन कम्पनीले जनाउको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS