IME Life New

मौसम परिवर्तनबाट सिर्जित प्राकृतिक विपत्तिले बीमा कम्पनीहरुलाई ठूलो घाटाः म्युनिख रि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैश्विक प्राकृतिक विपत्तिले बीमा कम्पनीलाई ठूलो घाटा भइरहेको छ। वित्त वर्ष २०२४ को पहिलो त्रैमासमा विश्वका बीमा कम्पनीहरुले ६२ अर्ब डलर गुमाएका हुन्।

म्युनिख रिका अनुसार बीमा कम्पनीहरुले अर्बौं डलर गुमाउनुको मुख्य कारण बाढी र चट्याङ देखिएका छन्। यो वर्षको पहिलो त्रैमासमा बीमा कम्पनीहरुले व्यहोरेको क्षति अघिल्लो वर्षको यही अवधिको तुलनामा केही बढेको छ। यस वर्षको पहिलो त्रैमासमा बीमा कम्पनीहरुको क्षति दशकअघिको औसत ३७ अर्ब डलरभन्दा बढी रहेको छ।

Esewa
Crest

अमेरिकामा लगातार परिरहेको चट्याङले बीमा कम्पनीहरुले ३४ अर्ब डलर गुमाएका छन्। मुख्यगरी बाढीजन्य घटनाबाट ब्राजिल, चीन, जर्मनीका साथै मध्यपूर्वका केही देशले अर्बौं डलरको क्षति पुर्याएको रिइन्स्योरेन्स कम्पनीहरुको अर्धवार्षिक प्रतिवेदनबाट देखिएको छ।

व्यक्तिगत घटनाबाट भने जापानका इन्स्योरेन्स कम्पनीहरुले २ अर्ब क्षतिपूर्ति तिरेका छन्। विशेषगरी जापानको नयाँ वर्षका दिन गएको भूकम्पमा कम्तीमा २०० जनाको ज्यान गएको थियो।

म्युनिख रिको प्रतिवेदनअनुसार बढ्दो वैश्विक तापक्रम पनि बीमा कम्पनीहरुलाई टाउको दुःखाइको विषय बनेको छ। ‘तापमान रेकर्ड स्तरमा पुगेको छ, घट्ने कुनै संकेत नै छैन’, प्रतिवेदनमा भनिएको छ, ‘टेक्सास र क्यानडामा बढ्दो आगलागीका घटनाले यसले थप पुष्टि गर्छ।’

रिइन्स्योरेन्स ग्रुपका सीईओ थोमस ब्लङ्कले दुबईमा हालैको दुर्लभ बाढी मौसम परिवर्तनले ठूलो भूमिका खेलेको बताए। ‘मौसम परिवर्तन मानिस, समाज, देशको अर्थतन्त्र र बीमा क्षेत्रमा ठूलो जोखिम बढाएको छ’, उनले भने। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS