IME Life New

मोफसलका संघको पनि पूँजीबजार सुधार संघर्ष समितिको आन्दोलनप्रति ऐक्यबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पुँजी बजार राष्ट्रिय अर्थतन्त्रको अभिन्न अंग हो । नेपालको पुँजी बजारमा प्रबिधीको प्रयोग सङै हाल लगानीकर्ताको संख्या ५२ लाख पुगेको छ । सानो सानो बचत रकम लगानीका रुपमा परिचालन गर्दै पुँजी निर्माण मार्फत ठुला ठुला आयोजना सन्चालन र रोजगारी सिर्जना गरी राष्ट्रिय अर्थतन्त्र सबल बनाउन पूँजीबजारले महत्वपूर्ण भूमिका निर्बाह गर्न सक्नेछ, लाखौ लाख लगानिकर्ताहरुको लगानीबाट निर्माण गरिएका साना ठुला जलविद्युत कम्पनीबाट उत्पादित बिद्युतले गर्दा आज हामी बिद्युतिय उर्जामा करिब आत्मनिर्भरको अवस्थामा पुग्दै छौं साथै निकट भबिस्यमा बिद्युतिय उर्जा निर्यातबाट राष्ट्रले बिदेशी मुद्रा आर्जन गरी व्यापर घाटामा उल्लेखनिय सुधार गर्न सक्ने संकेत हरु देखा परिरहेका छन साथै पूँजीबजार कै माध्यम बाट स्वदेशी पूँजी परिचालन गरेर ठुला आयोजना हामिले निर्माण गर्ने बाताबरण बन्दै गरेको अवस्था हाल रहेको छ ।

लगानीकर्ताको लगानी सुरक्षीत गर्दै नयाँ लगानीकर्ता यस क्षेत्रमा आकर्षित गर्न राज्यले पूँजीबजार मैत्री दीर्घकालीन नीति लागू गर्नु पर्छ । स्वदेश र बिदेशमा रहेका जनताको बचत रकम परिचालन गरेर ठुला एबम महत्त्वपूर्ण आयोजना निर्माण मार्फत रास्ट्रको आर्थिक अवस्था सुधारको सम्भावना यस क्षेत्रको रहँदा रहँदै पनि । नियामक निकाय बाट बजारलाई नकारत्मक प्रभाव पार्ने गरि नितिगत परिवर्तनले लगानीकर्ता को लगानी असुरक्षित हुनुका साथै उनिहरुको आकर्षण पनि यस क्षेत्रमा घटदै जानेछ त्यसैले बजारलाइ अनाबश्य हस्तक्षेप नगरि प्राकृतिक रुपमा चल्न दिनुपर्छ भन्ने कुरा पूँजीबजार सुधार संघर्ष समितिले जनाएको छ ।

Esewa
Crest

यसर्थ पूँजीबजार बिकास र बिस्तारका निम्ति लगानीकर्ताले उठाएका जायज मागहरु सम्बोधन गरि बजार मैत्री दीर्घकालीन नितिनियम निर्माण गरि पूँजीबजारको बिकास बिस्तारका लागि ठोस कदम चाल्न नियामक निकाय तथा नीति निर्माता संग जोडदार माग गर्दै पूँजीबजार बिकास बिस्तारका लागि गरिएको आन्दोलन प्रती ऐक्यबद्धता व्यक्त गरेको छ ।

माधब प्रसाद पाण्डेय
लुम्बिनी प्रदेश संयोजक
नेपाल पुजिबजार लगानीकर्ता संघ

योगेन्द्र पन्थी
सचीव
प्रदेश पाँच सेयर लगानीकर्ता फोरम

छबिन्द्र भट्टराई
संयोजक
स्मार्त इन्भेस्टर बुटवल

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS