IME Life New

मेरो माइक्रोफाइनान्सद्धारा ट्याव बैंकिङ तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नुवाकोट । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्राहकहरुको सुविधाको लागि ट्याव बैंकिङ तालिम सम्पन्न गरेको छ । नुवाकोटको बट्टारमा आयोजित तालिमलाई सम्बोधन गर्दै फाइनान्सका नायव प्रमुख कार्यकारी अधिकृत नवराज दाहालले सूचना प्रविधिलाई उपयोग गरी ग्राहकहरुलाई सहज बैंकिङ सुविधाहरु घर दैलोमै उपलब्ध गराउने उद्धेश्य अनुरुप यो सेवाको सुरुवात गर्न लागेको जानकारी दिए ।

नुवाकोट, धादिङ र गोरखाका ८ शाखा कार्यालयका कर्मचारीहरुले तालिम लिएका हुन् । तालिम इन्फो डेभलोपर्स प्रालिका सुवास गिरी, फाइनान्सका सूचना प्रविधि बिभाग प्रमुख सुशिल कुमार पुडासैनी, पुर्णिमा प्रोजेक्ट नुवाकोटका कार्यक्रम संयोजक घनेन्द्र रिजाल, परियोजना अनुसन्धान तथा बिकास विभाग प्रमुख माधब न्यौपानेले सहजीकरण गरेका हुन् ।

Esewa
Crest

फाइनान्सको ट्याब तथा मोवाइल बैकिङ,एसएमएस सेवाले ग्राहकहरुलाई छिटोछरितो माध्यमबाट डिजिटल सेवा सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ ।

नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि ६१ जिल्लामा १२१ शखा कार्यालयमार्फत १ लाख भन्दा बढी गरिव तथा बिपन्न घरपरिवारहरुलाई आर्थिक तथा सामाजिक कृयाकलापमा सहयोग गर्ने उद्धेश्यले बिभिन्न लघसवित्तीय सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS