IME Life New

मेरो माइक्रोफाइनान्सको समिक्षा गोष्ठि सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेरोमाइक्रोफाइनान्सले दुई दिवशीय शाखा प्रबन्धहरुको समिक्षा गोष्ठी चितवनमा सम्पन्न गरेको छ । संस्थाका केन्द्रीय कार्यालयका नायब प्रमुख कार्यकारी अधिकृत नबराज दाहाल लगायत अनुगमन कार्यालय र शाखा प्रबन्ध गरी १९० जना कर्मचारीको सहभागितामा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

संस्थाका विभागीय प्रमुखहरुले सहजिकरण गरेको उक्त गोष्ठीमा अनुगमन अधिकृत, शाखा प्रवन्धकहरुले कार्य विस्तारका क्रममा भोगेका समस्या , चुनौती तथा रणनीतिको बारेमा योजना प्रस्तुत गर्दै शाखाको लक्ष्यअनुसारको प्रगती प्राप्ती गर्ने प्रतिवद्धता जनाएका थिए ।

Esewa
Crest

प्रशिक्षण कार्यक्रममा नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीले ग्राहक सेवाको गुणस्तर अभिवृद्धि, नयाँ प्रोडक्ट, संस्थागत सुशासन, जोखिम व्यवस्थापन, वित्तीय अनुशासन तथा बैकिङ सेवा विस्तार जस्ता महत्वपूर्ण विषयमा केन्द्रित रही प्रशिक्षण दिएका थिए ।

प्रशिक्षक जीवन बिज्ञानका विशेषज्ञ एल पि भानु शर्माले मानव जिवनलाई बाच्नका लागी आत्म शान्ति अत्यन्त जरुरी छ । त्यसैले खुशीले बाँच्नुस्, हाँस्नुस् र रमाउनुस्, योग, ध्यानमा केही समय खर्चनुस् । जसले कार्य सम्पादनमा निखार तथा सुधार ल्याउछ र सेवा प्रवाहको गुणस्तरमा वृद्धि हुने बताए ।

समापन समारोहलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले विगतको असहज परिस्थितिको सामनाबाट टाढा भएता पनि प्रतिस्पर्धी वातावरणमा दिगो र गुणात्मक सेवा प्रवाह गर्न कर्मचारीको महत्त्वपूर्ण जिम्मेवारी रहने भएकोले रतिभर बिचलित नभइ अघि बढ्न आह्वान गरे ।

मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले देशको ६४ जिल्लामा १५० शाखा सञ्जालमार्फत करिब एक लाख ८० हजारभन्दा बढी घरपरिवारलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS