IME Life New

मेट लाईफ एशियाको एक्जुकेटिभ भाइस प्रेसिडेन्ट नेपालमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मेट लाइफका एक्जुकेटिभ भाइस प्रेसिडेन्ट एण्ड हेड अफ स्ट्राटेजिक ग्रोथ मार्केट, रेबेका तादिकोन्दा , नेपाल, बंगलादेश तथा म्यानमारका चेयरम्यान एम.नुरुल इस्लाम तथा हेड अफ स्ट्राटेजी एम. अलाउद्दिन अहमदसँगै यो हप्ता नेपाल भ्रमणमा आउने भएका छन् ।

Esewa
Crest

उक्त अवसरमा रेबेकाले मेट लाईफ नेपालको मुख्य कार्यालय पुल्चोक, ललितपुर स्थित ग्राहकहरुलाई सेवा उपलब्ध गराउन व्यवस्थित वान कस्टमर प्लेस नामको नयाँ स्थानको उद्घाटन गरेकी हुन् ।

ओसिपिबाट ग्राहकहरुलाई अझै व्यवस्थित रुपमा सेवाहरु उपलब्ध हुने स्थान हो । जसमा प्रिमियम भुक्तानी, परिपक्व भएको बीमा दावी, बीमालेख समर्पण, ऋण तथा बीमालेख परिवर्तन जस्ता ग्राहकसँग सम्बन्धित सम्पूर्ण सेवाहरु उपलब्ध हुनेछ ।

रेबेकाले बंगलादेश, चीन, हङ्गकङ्क, भारत, मलेसिया, नेपाल तथा भियतनाम र व्यवसाय सुरु भएका नयाँ स्थानहरु लगायत मेटलाईफको व्यवसायमा तिब्र बृद्धि भएका स्थानहरुमा मेट लाईफको व्यवसाय हेर्दै आईरहेकी छिन् ।

उनले वितरण प्रणालीलाई विस्तार गरी (साझेदारी, एजेन्सी तथा डिजिटल मार्पmत), डिजिटल तथा नविनतम पद्दतिलाई अंगाली तथा यस क्षेत्रमा प्रयोग तथा आदानप्रदान हुने क्षमताहरुमा सहयोग तथा सहलगानीलाई बढाई तिव्र गतिमा बृद्धिलाई अघि बढाइरहेकी छिन् ।

रेबेकाले “नेपालमा नयाँ बीमा सेवा तथा डिजिटिल अभियान भित्याई एक अग्रणी बीमा कम्पनीको रुपमा मेट लाईफ नेपालले एकदमै राम्रो काम गरेको छ । नेपालमा रहेका हाम्रा समर्पित साथीहरुलाई भेट्न पाउँनु र निजहरुले गरिरहेको प्रगतीलाई देख्न पाउँनु खुशीको कुरा रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS