IME Life New

मेट लाइफको प्रिमियम कनेक्ट आइपीएसबाट तिर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेटलाइफ नेपालले आफ्नो ग्राहकहरुको प्रिमियम भुक्तानी गर्न अझ सजिलो होस् भनेर अनलाइन सेवाको विस्तार गरेको छ।नेपाल क्लीयरिंग हाउस लिमिटेडको नयाँ व्यवस्था अन्तर्गत, मेटलाइफ नेपालका ग्राहकहरुले अब सुरक्षित अनलाइन भुक्तानी गेटवे कनेक्ट आइपीएस मार्फत आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछन।

कनेक्ट आइपीएस सहित सबै अन्य प्रिमियम भुक्तान माध्यमहरू ग्राहकको सुविधाको लागि अझै उपलब्ध हुनेछ। ग्राहकहरूले प्रिमियम भुक्तानी सेक्सनमा मेटलाइफको वेबसाइट भ्रमण गरेर आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछन्।

Esewa
Crest

मेटलाइफ नेपालका उपाध्यक्ष तथा जनरल म्यानेजर निर्मल काजी श्रेष्ठले भने, अहिलेको समयमा जब ग्राहकले डिजिटल सेवाहरूको विकल्प खोजिरहेका छन्, हामी कनेक्ट आइपीएससंग साझेदारी गर्न पाउँदा निकै नै खुशी छौं जहाँ उनीहरूले आफ्नो प्रिमियमहरू अनलाइन मार्फत तिर्ने सुरक्षित र सरल वातावरण मिलेको छ। ग्राहक केन्द्रित कम्पनीका रूपमा हामी आफ्ना ग्राहकको सल्लाह र सुझाब अनुसार अघि बढ्ने प्रयास गरिरहेका छौं र हामी ग्राहकहरुको सुविधाका लागि सजिलो र छरितो तरिकाले अझ सरलीकरण गर्ने दिशामा काम गर्न जारी गर्नेछौ । ”

मेटलाइफ सहयोगी कम्पनी रुपमा नेपालमा मेटलाइफले उपभोक्ता र व्यवसायलाई जीवन बीमा, दुर्घटना र स्वास्थ्य बीमा र कर्मचारी सुविधाहरू (समूह बीमा) प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS