IME Life New

मेट लाइफ फाउन्डेशनले विश्वभर कोभिड–१९ को रोकथामको लागि २५ मिलियन डलर सहयोग गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड–१९ का कारण हाल विश्वमा प्रभावित समुदायहरूको समर्थनका लागि मेटलाइफ फाउन्डेशनले २५ मिलियन डलर सहयोग गर्ने घोषणा गरेको छ।

मेटलाइफका अध्यक्ष तथा सीईओ मिशेल खलाफकले कोरोनाभाइरसबाट बढी प्रभावित समुदायहरूमा आफ्ना स्रोत तथा साधनहरूलाई परिचालित गरिरहेको र हाम्रो साथ र सहयोगको धेरै आवश्यकता भएकोले हामी आफूले सक्ने जति सबै सहयोग गर्न अघि बढ्ने बताएका छन् ।

Esewa
Crest

मेटलाइफ फाउन्डेशनको प्रारम्भिक अनुदानले जरुरी आवश्यकताहरु भएका समुदाय र व्यक्तिहरुलाई तत्काल लागि चाहिने खानपीन, स्वास्थ्य सेवा, बाल हेरचाह र प्रत्यक्ष वित्तीय सहयोग गर्ने जनाएको छ।

मेटलाइफ फाउन्डेसनले आफ्ना विद्यमान साझेदारहरूसँग मिली कम आय आर्जन भएका मानिसहरूलाई र साना व्यवसायहरूको वित्तीय स्वास्थ्य निर्माण गर्न सहयोग र्पुयाउनुका साथै आवश्यकताहरूको छिटो प्रतिक्रिया दिन सधै अग्रसर रहनेजानकारी गराएको छ ।

यस प्रतिबद्धताको एक हिस्साको स्वरूप, मेटलाइफ फाउन्डेशन र अन्य मेटलाइफका संस्थाहरुले एसिया, ईएमईए, ल्याटिन अमेरिका, र संयुक्त राज्य अमेरिकामा राहतको लागि चार मिलियन डलर अनुदान दिने घोषणा समेत गरिसकेका छन् ।साथै, कोरोना भाइरसको कारण, परिणाम स्वरूप युएस फूड बैंकहरुमा उत्पन्न भएको सेवाहरूको बढ्दो मागको सामना गर्न पनि मेटलाइफ फाउन्डेशन र अन्य मेटलाइफका संस्थाहरु सहयोग गर्न तत्पर रहेका फाउन्डोसनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS