IME Life New

मेटलाइफको ५० प्रतिशत व्यापार बालबालिकाको बीमालेखमा केन्द्रित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । अमेरिकन लाईफ इन्स्योरेन्स कं. लि.को शाखा कार्यालयको रुपमा संचालनमा रहेको मेट लाइफले सावधिक बीमा योजनाहरुमध्ये बालबालिकाको बीमा योजनाले झण्डै पचास प्रतिशत हिस्सा ओगटेको छ ।

आर्थिक वर्ष २०७७/७८ सम्ममा लामो अवधिको लागी जारी गरिएको बीमालेखमध्ये संख्यात्मकरुपमा बालबालिकाको बीमालेखले कूल जारी बीमालेखमा ४८.२८ प्रतिशत हिस्सा ओगटेको छ ।
कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को बोनश दर तालिकामा १ देखि १५ वर्ष उमेरको बालबालिकाको लागी २३ हजार २२३ वटा बीमालेख जारी गरिएको छ । १६ देखि २० वर्ष उमेर समूहका लागी १६ हजार ३५७ वटा बालबालिका सम्बन्धी बीमालेख जारी गरिएको बीमा समितिले सार्वजनिक गरेको बोनश दर तालिकामा उल्लेख छ ।

Esewa
Crest

नेपालमा अभिभावकहरु आफ्ना लागी भन्दा पनि सन्तानको सुखद भविष्यलाई प्राथमिकता दिने भएको हुँदा सन्तान जन्मिए लगत्तै वा स्कूले उमेरमा पुगेपछि उच्च शिक्षा अध्ययन, बिहेबारीको लागी आवश्यक पर्ने रकमको जोहो गर्नको लागी जीवन बीमा गर्ने प्रवृत्ति रहेको छ ।

दोश्रो सर्वाधिक बिक्री भएको बीमालेखमा १ देखि १५ वर्ष अवधिको अग्रिम भुक्तानी सावधिक बीमा योजना रहेको छ । अग्रिम भुक्तानी सावधिक९थ्रि पिपि० बीमा योजना अन्तर्गत १९ हजार १९३ वटा बीमालेख जारी गरिएको छ । अग्रिम भुक्तानी सावधिक अन्तर्गत १६ देखि २० वर्षे अवधिको ४ हजार ८४९ वटा बीमालेख बिक्री गरेको छ ।

बीमा अवधि पुरा हुँदासम्म निरन्तर बीमाशुल्क भुक्तानी गरेर बीमा अवधि पुरा भएपछि एकमुष्ठ भुक्तानी लिनुभन्दा बीमा अवधिभित्रै पनि आइपर्न सक्ने पैसाको खाँचो टार्नको लागी अग्रिम भुक्तानी सावधिक जीवन बीमा उपयोगी हुन्छ । तर यसमा छोटो समयको लागी मात्र बीमकले बीमाशुल्कवापतको रकम लगानी गर्न पाउने भएकोले बोनश दर सबैभन्दा न्यून हुन्छ ।

सावधिक बीमालेखसँगै मेटलाईफले दुर्घटना बीमा र स्वास्थ्य उपचार सुविधासहितको एक वर्षे अवधिको म्यादी बीमा योजना समेत ठूलो संख्यामा बिक्री गरिरहेको छ । म्यादी बीमालेखमा बोनश उपलब्ध नहुने भएकोले यस्तो बीमालेखको जारी कम्पनीले सार्वजनिक गरेको विवरणमा संख्या उपलब्ध छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS