IME Life New

मेगा बैंकले दियो मृतकको परिवारलाई बीमा वापतको ७ लाख रुपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई बीमा बापत सात लाख रुपैँया प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका हिमालय गुरुङका परिवारलाई मेगा बैंकले सोही खातामा भएको योजना बमोजिम बीमा बापत सात लाख रुपैँया हस्तारन्तरण गरेको हो ।

मेगा बैंक इटहरी शाखाका प्रबन्धक शिकन्दर थापाले स्वर्गीय ग्राहक हिमालयकी धर्मपत्नी ममिता गुरुङलाई बीमा बापतको रकम हस्तान्तरण गरेका हुन् । संखुवासभा स्थायी घर भएका गुरुङको २०७७ मंसिर १ गते काठमाडौंको बालाजुमा दुर्घटनामा निधन भएको थियो ।

Esewa
Crest

न्यूनतम एक हजार रुपैँया मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’मा बैंकले हरेक खातावालाको ७ लाख रुपैँयाको दुर्घटना बीमा गरिदिएको छ । ग्राहक र उनीहरुको परिवारलाई भइपरी आउने यस्ता घटनाबाट सहायता मिलोस् भनेर बैंकले ग्राहकहरुलाई यस योजना ल्याएको बैंकले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS