IME Life New

मेगा बैंकको थप ४ शाखारहित बैंकिङ्ग सेवा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौैं । मेगा बैंकले ग्रामीण क्षेत्रका ४ स्थानमा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर १ स्थित सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका १, बाग्मती प्रदेशस्थित सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्गपाल गाउँपालिका वडा नम्बर १, चौतारा साँगाचोकगडी नगरपालिका वडा नम्बर ४ र धादिङ्ग जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नम्बर २, सातदोबाटोमा मेगा बैंकले शाखारहित बैंकिङ्ग सेवाको विस्तार गरेको हो ।

शाखारहित सेवा सञ्चालनका लागि बैंकले भोक्राहा नरसिंह गाउँपालिका १, सुनसरीमा प्रबिन कुमार मेहता, पाँचपोखरी थाङ्गपाल गाउँपालिका वडा नम्बर १, सिन्धुपाल्चोकमा महेश दास श्रेष्ठ, चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ कुभिन्डे, सिन्धुपाल्चोकमा दुर्गाप्रसाद सापकोटा र ज्वालामुखी गाउँपालिका वडा नम्बर २ सातदोबाटो, धादिङ्गमा नारायणप्रसाद सिम्खडालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको जनाएको छ ।

Esewa
Crest

शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत बैंकले नियुक्ति गरेका व्यवसायिक प्रतिनिधिमार्फत खाता खोल्ने ब्यवस्था गर्ने, दैनिक खातामा रकम जम्मा गर्ने, झिक्ने, नेपाल टेलिकम, एनसेलमा टपअप, डिसहोमको रिचार्ज गर्ने सुविधाका साथै सेवाग्राहीलाई आवश्यक परेको बेला कर्जा लगानीको लागि आवश्यक प्रक्रिया अगाडि वढाउन सकिने ब्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS