IME Life New

मुर्कुटीमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवाको शुभारम्भ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा दाङको मुर्कुटीमा संचालनमा आएको छ। बैंकले दाङ जिल्लाको बंगलाचुली गाउँपालिका, मुर्कुटीमा मंसिर ०३ गतेबाट नै आफ्नो ८६ ओैं शाखारहित बैंकिङ सेवाको सुरू गरेको हो।

उक्त शाखारहित बैंकिङ सेवाका लागि बैंकले स्थानीय व्यवसायी होतिदेवी वलीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको बैंकले जनाएको छ।

Esewa
Crest

यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ।

हालसम्म बैंकले १७४ वटा शाखा, १२३ वटा एटिएम र ११३ वटा शाखारहित बैंकिङ इकाईहरुबाट सेवा दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS