IME Life New

मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रममा १० करोड ३३ लाख रुपैयाँ अनियमितता, प्रदेश सचिव भुसाल सहित ६ जना विरुद्ध मुद्धा दायर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रदेश नं २ (मधेश प्रदेश) मा सञ्चाालित मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रममा अनियमितता भएको पाएको छ । उक्त कार्यक्रमका लागि लेडिज साइकल खरिद प्रकृयामा बदनियतपूर्वक हिनामिना एवं हानी नोक्सानी गरेको पुष्टि भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको हो ।

उक्त कार्यक्रमका लागि अम्बिका ब्रान्डका साइकल आपूर्ति गर्ने भनि खरिद सम्झौता गरिए पनि सम्झौता बिपरितका ब्रान्ड नखुलेका कमसल तथा गुणस्तरहिन लेडिज साइकल खरिद गरिएको पाइएको छ ।

Esewa
Crest

साइकल खरिद प्रकृया सुरु गर्दादेखि संलग्न कर्मचारी नता साइकल आपूर्तिकर्ता सहित ६ जना विरुद्ध १० करोड ३३ लाख ७५८ रुपैयाँ हिनामिन एव हानी नोेक्सानीको आरोप लागेको छ । आयोगले दोषी ठहर भएका उपर सजाय र बिगो बमोजिमको जरिवाना गरी बिगो असुल गर्ने मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको जनाएको छ ।

ल्ेडिज साइकल खरिद कार्यको लागि प्रदेश सचिव याम प्रसाद भुसाल मुख्य जिम्मेवार अभिकारी भएकोले उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफ ८ को उप दफा (१) बमोजिम कैद सजाय र बिगोबमोजिम जरिवाना गर्ने माग दावी लिइएको छ ।

यसैगरी जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, जनकपुरधाम धनुषाका तत्कालिन प्रमुख सिडिई भगवान झा, सह लेखापाल राजाराम मण्डल, भण्डार जिन्सी शाखा प्रमुख अधिकृत छैंठौं राम स्वार्थ महतो, भण्डार शाखाका खरिदार जित मोहन कुमार दास र ओम सत्य साई प्र्रा.लि. वीरगन्ज पर्साका म्यानेजिङ डाइरेक्टर रेनु अग्रवाल दोषी देखिएकोेले ६ जना उपर १० करोड ३३ लाख ७५८ रुपैयाँ बिगो असुर, जरिवाना तथा सजायको मागदावी गरि आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS