IME Life New

मुक्तिनाथ विकास बैंकमाथि नेप्सेको एक्सन, शेयर कारोबार रोक्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मुक्तिनाथ विकास बैंकमाथि कारबाही गर्दै शेयर कारोबार रोक्का गरेको छ।

नेप्सेको आजको निर्णयबाट मुक्तिनाथ विकास बैंकको शेयर करोबार रोक्का गर्दै ३ कार्यदिनभित्र स्पष्टीकरण पठाउन निर्देशन पनि दिएको छ।

Esewa
Crest

बिहीबार (पुस ५ गते) दिउँसो २ः३० बजे कारोबार समयमा मुक्तिनाथ विकास बैंकको सञ्चालक समितिको बैठक बसेर लाभांश घोषणासम्बन्धी निर्णय गरेकोमा नेप्सेले कारबाही गरेको हो। धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि संगठित संस्थाले नेप्सेमा पेस गर्नुपर्ने हुन्छ।

उक्त व्यवस्थाको पालना नगरेकोले मुक्तिनाथ विकास बैंकको शेयर कारोबार रोक्का गर्दै स्पष्टीकरण माग गरिएको नेप्सेको सूचीकरण शाखाका वरिष्ठ अधिकृत कुलचन्द्र रिजालले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS