IME Life New

मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न छुट सम्झौता, अस्पताल र रिसोर्टमा १५% सम्म छुट पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोवाइल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

ब्लुक्रस अस्पताल त्रिपुरेश्वर, अस्पताल तथा स्वास्थ्य सेवामा १० प्रतिशत सम्म विशेष छुट,धुलिखेल माउण्टेन रिर्सोट, धुलिखेल होटल तथा रिर्सोटमा १० प्रतिशत छुट, स्तुपा रिर्सोट, नगरकोट, होटल तथा रिर्सोटमा १५ प्रतिशत छुट ,जम्बाला रिर्सोट, खोटाङ्ग, होटल तथा रिर्सोटमा १५ प्रतिशत छुट, ल्याण्डमार्क होटल काठमाडौं, पोखरा र चितवन, होटल, रिर्सोट तथा स्पामा १५ प्रतिशत सम्म छुट,ओडान ग्रुप अफ कम्पनी काठमाडौं रेस्टुरेन्टमा १५ प्रतिशत छुट , देव कर्नर ज्वेलरी, काठमाडौं, गरगहना सम्बन्धी सेवामा ३० प्रतिशत सम्म छुट पाइने बैंकले जनाएको छ ।

Esewa
Crest

उक्त सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले माथि उल्लेखित व्यवसायिक संस्थाहरुबाट सेवा लिदा १० प्रतिशत र ३० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले विभिन्न संस्थासंग हातेमालो गर्दै कोभिड १९ को संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरुले थप प्रोत्साहन गर्ने अपेक्षा बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS