IME Life New

मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने एसियाकै धनीव्यक्ति, कति पुग्यो सम्पत्ति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुकेश अम्बानीलाई पछि पार्दै भारतका दिग्गज व्यवसायी गौतम अडानी भारत र एसियाकै धनीव्यक्ति बनेका छन्। यतिमात्र होइन विश्वका अर्बपतिको सूचीमा गौतम अडानीले ठूलो फड्को मार्दै १२ औँ स्थानमा पुगेका छन्। गौतम अडानीको नेटवर्थ पनि निकै बढेको छ। उनको सम्पत्ति २४ घन्टामा ७.६ बिलियन डलरले बढेको छ।

अर्बपतिको सूचीमा मुकेश अम्बानी १२ औँ स्थानबाट १३ औँ स्थानमा झरेका छन्। ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार मुकेश अम्बानीको सम्पत्ति ९७ अर्ब डलर छ। पछिल्लो २४ घन्टामा उनको कुल सम्पत्ति ६ अर्ब ६५ करोड डलरले बढेको छ।

Esewa
Crest

अडानी समूहका मालिक र अब भारतका धनीव्यक्ति अर्बपतिहरुको सूचीमा १२ औँ नम्बरमा आएका छन्। बिहीबारसम्म उनी यस सूचीमा १४ औँ स्थानमा थिए तर २४ घण्टामा उनको ठूलो आम्दानीका कारण उनको नेटवर्थमा राम्रो वृद्धि भएको थियो र उनी १४ औँ स्थानबाट १२ औं स्थानमा उक्लिएका छन्। उनी भारतको सबैभन्दा धनीव्यक्ति पनि बनेका छन्। ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार गौतम अडानीको कुल सम्पत्ति ९७.६ अर्ब डलर पुगेको छ।

अदानी–हिन्डनबर्ग मुद्दामा सर्वोच्च अदालतको फैसलापछि गौतम अडानीको कम्पनीको शेयरमा उकालो लाग्ने क्रममा कम्पनीको मूल्य बढिरहेको छ। यस्तो अवस्थामा गौतम अडानीको नेटवर्थ पनि बढेको छ। सर्वोच्च अदालतले यस विषयमा सेबीको अनुसन्धान सही बाटोमा रहेको बताएको थियो। यसका साथै बजार नियामक सेबीलाई २४ मध्ये बाँकी २ मुद्दामा छानबिन गर्न थप ३ महिनाको समय दिइएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS