IME Life New

मुकेश अम्बानीबाट १६ महिनापछि गौतम अडानीले खोसे ताज, फेरि बने एसियाकै धनीव्यक्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका शीर्ष अर्बपतिको सूचीमा शनिबार ठूलो फेरबदल भएको छ। यो परिवर्तन अर्बपतिको सूचीमा समावेश भारतीय अरबपतिको वरियतामा देखिएको छ।

ब्लुमबर्ग बिलियनियर्स इन्डेक्सका अनुसार अडानी ग्रुपका अध्यक्ष गौतम अडानीले रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई नेटवर्थको हिसाबले पछाडि छोडेका छन्। पछिल्ला केही दिनमा भारतीय शेयर बजारमा सूचीकृत अडानीका कम्पनीको शेयरमा भएको भारी वृद्धिका कारण उनको सम्पत्तिमा पनि उछाल आएको छ र उनी एसियाकै धनीव्यक्ति बनेका छन्।

Esewa
Crest

गौतम अडानी सम्पत्तिमा भएको वृद्धिका कारण विश्वको ११ औँ धनी व्यक्ति बनेका छन्। उनको कुल सम्पत्ति १११ अर्ब डलर पुगेको छ। उनले मुकेश अम्बानीलाई पछाडि छोडेका छन्।

ब्लुमबर्गका अनुसार मुकेश अम्बानीको नेटवर्थ १०९ अर्ब डलर छ। योसँगै उनी विश्वका धनीहरुको सूचीमा १२ औँ स्थानमा झरेका छन्।

गौतम अडानीको सम्पत्तिमा शुक्रबार ठूलो उछाल आएको छ। उनको कुल सम्पत्ति ५.४५ अर्ब डलरले बढेको छ। यो अचानक बढेको सम्पत्तिका कारण गौतम अडानी १२ औँ स्थानबाट एक कदम अगाडि बढेर ११ औँ स्थानमा पुगेका हुन्।

गौतम अडानी सन् २०२४ मा सबैभन्दा धेरै कमाउने अर्बपतिको सूचीमा परेका छन्। यो वर्ष हालसम्म गौतम अडानीको सम्पत्तिमा २६.८ अर्ब डलरको बढोत्तरी भइसकेको छ। यस वर्ष मुकेश अम्बानीको सम्पत्ति भने १२.७ अर्ब डलरले मात्रै बढेको छ।

सन् २०२३ गौतम अडानीका लागि निकै खराब साबित भयो। जनवरी २४ २०२३ मा अमेरिकी सर्ट सेलर फर्म हिन्डनबर्गले अडानी ग्रुपका बारेमा आफ्नो अनुसन्धान रिपोर्ट प्रकाशित गरेको थियो। त्यसको एक हप्ताभित्र अडानी ग्रुपका कम्पनीहरुको शेयरमा पहिरो गएको थियो। शीर्ष ३ मा पुगेका गौतम अडानी शीर्ष १० अरबपतिको सूचीबाट बाहिरिए। त्यसको केही समयमै उनी शीर्ष ३० भन्दा पनि तल झरेका थिए। अहिले करिब १६ महिनापछि उनी फेरि एसियाकै धनी व्यक्ति बनेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS