IME Life New

मुकेश अम्बानीको छलाङ, १०० अर्ब डलर क्लबमा प्रवेश, कति छ नेटवर्थ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एसियाका सबैभन्दा धनीव्यक्ति मुकेश अम्बानीले विश्वका अर्बपतिको सूचीमा नयाँ स्थान हासिल गरेका छन्। एउटा ठूलो फड्को मार्दै मुकेश अम्बानी १०० अर्ब डलर क्लबमा प्रवेश गरेका हुन्।

मुकेश अम्बानीको नेटवर्थ बढ्नुको मुख्य कारण रिलायन्स इन्डस्ट्रिज र अन्य कम्पनीको शेयरभाउमा भएको वृद्धि रहेको छ। बिहीबार रिलायन्स इन्डस्ट्रिजको शेयरभाउ नयाँ कीर्तिमानी स्तरमा पुगेको छ।

Esewa
Crest

ब्लुमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार मुकेश अम्बानीले पछिल्लो ट्रेडिङ सेसनमा २.७६ अर्ब डलर कमाए र उनको नेटवर्थ १०२ अर्ब डलर पुगेको छ। उनी हाल विश्वका अर्बपतिको सूचीमा १२ औँ स्थानमा छन्। अब विश्वमा १०० अर्ब डलर माथिको सम्पत्ति भएका अर्बपति १२ जनामात्रै छन्।

पछिल्लो दुई कारोबार सत्रमा रिलायन्स इन्डस्ट्रिजको शेयरभाउ ५.४ प्रतिशतले बढेको छ। जसका कारण मुकेश अम्दानीको सम्पत्तिमा उछाल आएको हो।

पछिल्लो एक महिनाको अवधिमा भने रिलायन्स इन्डस्ट्रिजको शेयरभाउ १२ प्रतिशतले बढिसकेको छ। अम्बानीकै जियो फाइनान्सियल सर्भिसेज कम्पनीको शेयरभाउ पनि बढिरहेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS