IME Life New

मिस यूनिभर्स प्रतियोगितामा विश्वकै ध्यान आकृष्ट गर्न सफल नेपाली सुन्दरी दीपिका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुन्दरी प्रतियोगिता मिस यूनिभर्समा नेपालको प्रतिनिधित्व गरिरहेकी जेन दीपिका ग्यारेटले निर्णायकहरुको ध्यान आफूमा केन्द्रित गर्न सफल भएकी छिन् । सामान्यभन्दा बढी वजन भएपनि आत्मविश्वास सहितको आफ्नो सुन्दर, कामुक बनावटका साथ सौन्दर्य प्रतियोगिताहरुमा सशक्त उपस्थिति दर्ज गरेकी छिन् ।

Esewa
Crest

साैन्दर्य विज्ञहरुले अहिलेसम्म हुँदै आएका सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी र विजयी दुबै चयन गर्ने पुरानो शैलीलाई उनले चुनाैती दिन सफल भएकी छिन् । उनी जिरो फिगर भएकी महिला नभएर प्लस साइज( तुलनात्मकरूपमा बढी वजन) की मात्र नभएर मोटिभेशनल स्पिकर पनि हुन् । प्रायः सम्मेलनहरुमा अविवाहित र जिरो फिगरकी महिलालाई मात्र प्रवेश दि‌ंइदै आएकोमा उनले विश्व समुदाय सामू चुनाैती पेश गर्न सफल भएकी छिन् ।

२२ वर्षिया दीपिका मिस युनिभर्स प्रतियोगितामा पहिलो प्लस साइज उम्मेद्वार हुन् । उनले प्रारम्भिक मूल्या‌ंकनका क्रममा प्राप्त गरेको प्रतियोगिताको आधारमा, संसार अब हृष्टपुष्ट र मोटी देखिने सुन्दर महिलालाई पनि स्वागत गर्न तयार छ भन्ने सन्देश समेत दिएको छ।

दीपिकाकै भनाईमा उनी मिस यूनिभर्समा कुनै विशेष वर्गको महिला नभई “आम महिला” को प्रतिनिधित्व गर्दैछिन्। उनले हालैको एक अन्तरवार्तामा भनेकी छिन्”मलाई लाग्छ सुन्दर बन्ने एउटै तरिका छैन, हरेक महिला उत्तिकै सुन्दर छन्,”।

७२ औ‌ं उपाधिका लागि यस पटकको अन्तिम प्रतिस्पर्धा यही शनिबार १८ नोभेम्बर २०२३ मा एल साल्भाडोरमा आयोजना हुँदैछ। प्रतियोगितामा विश्वभरबाट ९० जना प्रतिस्पर्धी सहभागि छन् ।

सन् २०१७ देखि मिस यूनिभर्स प्रतियोगितामा सहभागिता जनाई रहेको नेपालको तर्फबाट दीपिका भन्दा पहिला मनिता देवकोटा मात्र शीर्ष १० को सूचीमा समावेश हुन सफल भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS