IME Life New

मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँड सम्पन्न, कसले कति पाए शेयर ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा उक्त एफपीओ बाँडफाँड भएको हो।

लघुवित्तले असोज २५ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ सर्वसाधारणका लागि निष्काशन गरेको थियो। उक्त शेयरमा कुल १३ लाख २१ हजार ५३६ आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ। सोमध्ये १३ लाख २० हजार २०३ आवेदन स्वीकृत भएका छन् भने १ हजार २७६ आवेदन रद्द भएको जनाएको छ ।

Esewa
Crest

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँड निर्देशिक अनुसार गोलाप्रथा प्रक्रिया मार्फत लघुवित्तको एफपीओ बाँडफाँड गरेको हो । जस अनुसार १२ हजार ३८१ जनाले लघुवित्तको शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँड गर्दा ६.४५ कित्ता शेयर रहेकोले सो शेयर पनि १२ हजार ३८१ जनामा नै बाँडफाँड गरिएको छ। ६ जनाले लघुवित्तको थप एक कित्ता शेयर प्राप्त गरेका छ भने एक जना ०.४५ कित्ता शेयर प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS