IME Life New

मार्केटिङ खर्चमा कर छली गरेपछि ‘अभिभा इण्डिया’ लाई भारू ६५ करोड जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर छली गर्ने उद्देश्यले गरिएको फर्जी कारोबार र नक्कली बिलबिजकको प्रयोग गरेको तथ्य प्रकाशमा आएपछि बेलायती लगानीको बीमक, अभिभाको भारतीय शाखालाई ७५ लाख अमेरिकी डलर(६५ करोड १६ लाख भारूभन्दा बढी रकम) कर र जरिवाना तिर्न निर्देशन दिइएको छ।

रोयटर्सले फेब्रुअरी ५ मा समीक्षा गरेको आदेशमा विस्तृत रूपमा उल्लेख गरिए अनुसार, अनुसन्धानका क्रममा, सन् २०१७ देखि २०२३ को बीचमा, अभिभा इन्डियाले बजारीकरण सेवाहरू प्रदान गर्ने कथित बिक्रेतालाई झण्डै २ करोड ६० लाख अमेरिकी डलर भुक्तानी गरेको थियो। कर छली अनुसन्धान अधिकारीहरूले गरेको अनुसन्धानका क्रममा कथित बिक्रेताहरू अभिभाका अभिकर्ताहरूलाई नियामकीय सीमाभन्दा बढी अवैध कमिशन उपलब्ध गराउन प्रयोग गरिएका बुख्याँचाहरू मात्र भएको खुलासा भएको थियो।

Esewa
Crest

फर्जी बिलबिजक र नगद लेनदेनहरू मार्फत, अभिभाले अवैधरूपमा गरिएको खर्चवापत ५२ लाख अमेरिकी डलर कर छुट समेत दाबी गरेको थियो। अभिभाको कर छलीको अनुसन्धानपछि, संयुक्त कर आयुक्त आदित्य सिंह यादवले कम्पनीले जानाजानी भारू ३२ करोड ६० लाख (३८ लाख अमेरिकी डलर) कर छली गरेको निर्धारण गरे। फलस्वरूप, अभिभालाई  शत प्रतिशत जरिवाना सहित यो रकम तिर्न निर्देशन दिइएको थियो, जसले कुल भारू ६५ करोड ३० लाख पुगेको छ।

फैसलाको जवाफमा, अभिभा इन्डियाले पुनरावेदन मार्फत निर्णयको विरोध गर्ने र यो आदेशले आफ्नो सेवा प्रवाहमा कुनै प्रभाव नपार्ने दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS