IME Life New

मारुती सुजुकीले बढायो कारको मूल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको सबैभन्दा ठूलो यात्रुवाहक कार निर्माण कम्पनी मारुती सुजुकी इन्डियाले आफ्ना सबै कार मोडलको मूल्य बढाउने निर्णय गरेको छ।

लगातार बढ्दो लागतका कारण कम्पनीले यस्तो निर्णय लिएको हो। कम्पनीले गत वर्ष नोभेम्बर २७ मा कारको मूल्य बढाएको जानकारी दिएको थियो। कार निर्माताले पछिल्लोपटक २०२३ अप्रिल १ देखि लागू हुने गरी सबै मोडल आफ्ना कारहरुको मूल्य ०.८ प्रतिशतले बढाएको थियो। कारको मूल्य दिल्लीको एक्स शोरुम मूल्यका आधारमा तय गरिने छ।

Esewa
Crest

कम्पनीले बम्बई स्टक एक्सचेन्ज अर्थात बीएसईमा आफ्नो फाइलिङमा भनेको छ। सबै मोडलमा करिब ०.४५ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यी मूल्यहरु जनवरी १६ अर्थात आजदेखि लागू हुनेछ।

मारुतीले आफ्नो मोडल र मूल्य बढाउने पछाडि धेरै कारण दिएको छ। महँगी र उपभोग्य वस्तुको मूल्यवृद्धिको दबाबका कारण कारको मूल्य गर्ने निर्णय कम्पनीले गरेको छ। तर, कम्पनीले लागत घटाउनका लागि हरसम्भव पहल गरिरहेको जनाएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS