IME Life New

‘मानवीय कारणले भएको जलवायू परिवर्तनले नेपालमा बाढी पहिरोको विपत्ती’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वल्र्ड वेदर एट्रिब्युसन, एक अन्तर्राष्ट्रिय सहकार्य,ले नेपालमा गत असोजमा आएको बाढी र पहिरोका पछाडी मानवीय कारणले भएको जलवायू परिवर्तन मुख्य कारक भएको बताएको छ।

संगठनले नेपालको जलवायू परिवर्तनबारे पछिल्लो विपद सम्बन्धमा जारी गरेको प्रतिवेदनमा उल्लेख छ, “मानव-प्रेरित जलवायू परिवर्तनका कारण वर्षा १० प्रतिशत बढी भएको छ। “वर्षाको क्षति झनै भारी हुनेछ, विश्वले जीवाश्म ईन्धनलाई ऊर्जाको नवीकरणीय स्रोतहरूबाट प्रतिस्थापन नगरेसम्म थप विनाशकारी बाढीको जोखिम कायमै रहनेछ,” संगठनले चेतावनी दियो।

Esewa
Crest

प्रतिवेदनमा नेपालका शहरका तल्लो तटीय, नदी किनारका क्षेत्रहरूमा विकास सीमित गर्न र बाढी प्रकोपहरू दोहोर्‍याउनबाट जोगिन अग्रिम सूचना र शिघ्र उद्धार गर्नुपर्नेमा जोड दिएको छ।

“नेपालमा तीन दिनसम्म परेको अविरल वर्षाको कारण जलवायु परिवर्तन झण्डै १० प्रतिशत बढी भएको छ,” संस्थाले हालै प्रकाशित गरेको प्रतिवेदनमा निष्कर्ष निकालेको छ । सेप्टेम्बरको अन्त्यमा नेपालमा भारी वर्षाका कारण आएको बाढी र पहिरोले देशलाई ठूलो नोक्सान पुर्‍याएको थियो र यसले कम्तिमा २४४ जनाको ज्यान लिएको थियो।

प्रतिवेदनमा भनिएको छ, “शहरका बाढीको जोखिममा रहेका क्षेत्रमा मानवस्ती र पूर्वाधार निर्माण कम गर्नाले नेपालका मानिसलाई भविष्यमा आउने बाढीबाट जोगाउन मद्दत गर्नेछ।”

“नेपालमा आएको विस्फोटक मनसुन वर्षा जलवायू परिवर्तनका कारण बढेको हो,” प्रतिवेदनले निष्कर्ष निकालेको छ ।

प्रत्यक्षदर्शीका अनुसार काठमाडौं उपत्यकामा यसअघि कहिल्यै बाढी आएको थिएन । काठमाडौंमा परेको अविरल वर्षाका कारण ५० भन्दा बढीको ज्यान गएको थियो ।बीमा कम्पनीहरूमा नेपाल भरबाट कुल ९ अर्ब रुपैयाँ बराबरको धनमालको क्षतिपूर्ती दाबी गरिएको छ ।

“यदि वायुमण्डल जीवाश्म ईन्धन उत्सर्जनले ओभरलोड गरिएको थिएन भने, यी बाढीहरू कम तीव्र, कम विनाशकारी र कम घातक हुने थिए,” टिप्पणी गरियो। म, ।

पर्यावरण नीति केन्द्र, इम्पेरियल कलेज, लन्डनका अनुसन्धानकर्ता मरियम जकारियाले भनिन्, “यस अध्ययनले एसियामा बढ्दो बर्षाको जोखिमलाई उजागर गरेको छ – २०२४ मा मात्रै, हाम्रो अध्ययनले भारत, चीन, ताइवान, युएई, ओमान र अहिले नेपालमा हुने घातक बाढीमा जलवायु परिवर्तनको फिंगरप्रिन्ट उजागर गरेको छ।”

प्रतिवेदनका अनुसार सेप्टेम्बर २६ देखि सुरु भएको तीन दिनको चरम वर्षापछि नेपालमा बाढी आएको थियो।“सेप्टेम्बर २८ मा केही मौसम स्टेशनहरूले ३२० मिलिमिटरभन्दा बढी रेकर्ड गरेर मध्य र पूर्वी नेपालभर रेकर्ड तोडेका थिए, जुन लन्डनको कुल वार्षिक वर्षाको आधा बराबर थियो।

यो अध्ययन नेपाल, भारत, स्वीडेन, संयुक्त राज्य अमेरिका र बेलायतका विश्वविद्यालय र मौसम विज्ञान एजेन्सीहरूका वैज्ञानिकहरू सहित विश्व मौसम एट्रिब्युसन समूहको एक भागको रूपमा २० शोधकर्ताहरूद्वारा गरिएको थियो।

“यी बाढीले काठमाडौंका सडकलाई खोलामा परिणत गरेको थियो। “स्पष्ट रूपमा, जलवायु परिवर्तन अब एशियामा टाढाको खतरा होइन,” इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी बम्बेका अनुसन्धानकर्ता रोशन झाले टिप्पणी गरे, “तापक्रममा हुने सानो वृद्धिको अंशले समेत वातावरणमा अझ बढी अाद्रता ल्याउन सक्छ, जसले धेरै भारी वर्षा र यस्ता विनाशकारी बाढीहरू निम्त्याउन सक्छ।” श्रोतः प्रेसट्रष्टअफइण्डिया

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS