IME Life New

माधबले छोरी जन्मेकै दिन दिए २५ लाखको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवा शाखामा सिनियर एजेन्सी म्यानेज माधब शर्माले आफ्नो छोरी जन्मेको दिनमा नै छोरिको नाममा २५ लाखको बीमा गराएका छन् । बीमा अभियान्ताको रुपमा लामो समय देखी सुर्या लाइफमा आबद्ध भइ सिनियर एजेन्सी म्यानेजर भएर काम गरिरहेका शर्माले सबैलाई बीमा प्रति सकारात्मक धारणको बिकाश होस भनी छोरी जन्मेको दिनमै बीमा गराएको बताए ।

बच्चाको भबिस्यमा उच्च शिक्षाको लागी यो बीमाले राम्रो टेवा दिने समेत उनले बताए । कम्पनीका सहायक महाप्रबन्धक किरण गौतमले बाल साबधिक बीमा पोलिसी प्रस्ताबक माधब शर्मालाइ हस्तान्तरण गरेका थिए ।

Esewa
Crest

सूर्या संरक्षित बाल (सावधिक) जीवन बीमा योजनाको विषेशता
न्यूनतम प्रबेश उमेर ० वर्ष (नजिकको जन्मदिन), अधिकतम प्रवेश उमेर १५ वर्ष (नजिकको जन्मदिन), अधिकतम वीमा शुल्क भुक्तानी उमेर २९ वर्ष (नजिकको जन्मदिन), न्यूनतम बीमा अवधि १० बर्ष, अधिकतम बीमा अवधि ३० वर्ष न्यूनतम उमेर परिपक्वता १६ वर्ष ९नजिकको जन्मदिन), अधिकतम उमेर परिपक्वतामा ३० वर्ष ९नजिकको जन्मदिन, न्यूनतम वीमाङ्क रकम रु। ५०,०००, अधिकतम वीमाङ्क रकम रु। ५०,००,०००, वीमाङ्क रकम रु। १,००० को गुणांकमा, बीमा शुल्क भुक्तानी तरिका वार्षिक वा अर्धवार्षिक वा त्रैमासिक, ऐच्छिक सुबिधा ( बीमा शुल्क मिनाहा लाभ (Premium Waiver Benefit)र मासिक आम्दानी सुविधा (Monthly Income Benfit)

ऐच्छिक सुबिधा–बीमा शुल्क मिनाहा लाभ र मासिक आम्दानी सुविधा
अतिरिक्त शुल्क सहित यो ऐच्छिक सुबिधा प्रस्तावकको उमेर ६० वर्ष नपुगुन्जेल सम्म वा बीमितको उमेर १६ वर्ष नपुगुन्जेल सम्म प्रस्तावकको मृत्यु भएमा वा दुर्घटनाबाट पूर्ण शारिरिक असक्तता वा अगंभगं भई पूर्ण असक्त भएमा बीमांक रकम वा रु। ५० लाख मध्ये जुन कम हुन्छ मा निम्न लाभहरु प्राप्त गर्न सकिने छ स्

बीमा शुल्क मिनाहा लाभः
उपरोक्त बमोजिम बीमालेख अन्तर्गत तिर्नु पर्ने बाँकी सम्पुर्ण बीमा शुल्क मिनाहा हुनेछ।

मासिक आम्दानी सुविधाः
उपरोक्त सुविधा बमोजिम वीमाङ्क वा अधिकतम रु। ५० लाख सम्म मध्ये जुन कम हुन्छ, उक्त रकमको १ प्रतिशतका दरले प्रत्येक महिना बीमितलाई भुक्तानी दिईनेछ।

१८ घातक रोगका लागी थप सुबिधा
यस बीमा योजनामा थप रकम सहित यो सुबिधा प्रदान गरिने छ । यस्तो रकम अधिकतम रु। ५०,००,००० वा वीमाङ्क रकम मध्ये जुन कम हुन्छ सो रकम हुनेछ। यो सुबिधा प्रस्तावकको उमेर ६० वर्ष नपुगुन्जेल सम्म वा बीमितको उमेर १६ वर्ष नपुगुन्जेल सम्मको निमित्त मात्र प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS