IME Life New

माइक्रोसफ्टको सर्भरमा समस्या, विश्वभरका बैंकिङ र एयरलाइन्स सेवा प्रभावित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वभरका धेरै बैंक, एयरलाइन्स र दूरसञ्चार सेवाको काम शुक्रबार अचानक ठप्प भएको छ। धेरै टेलिभिजन र प्रसारण कम्पनीहरुको प्रसारण पनि रोकिएको छ।

माइक्रोसफ्टको सर्भर डाउन भएका कारण यो समस्या देखिएको हो। माइक्रोसफ्टले यसलाई ठीक गर्न प्रयास गरिरहेको जनाएको छ। सूचना प्रविधि प्रणालीमा खराबीका कारण सिड्नी विमानस्थल र युनाइटेड एयरलाइन्सका विमानको उडान बन्द भएको छ।

Esewa
Crest

अमेरिकाको युनाइटेड, डेल्टा र अमेरिकन एयरलाइन्सले विश्वभर आफ्नो उडान बन्द गरेका छन्। हाल उडानमा रहेका उडानबाहेक अहिले कुनै पनि जहाजले उडान गर्दैनन्।

बेलायतमा रेल कम्पनीहरुको सञ्चालन रोक्ने सम्भावना छ। एउटा ठूलो ट्रेन कम्पनीले आईटी समस्याहरु ठूलो मात्रामा सामना गरिरहेको छ। जसले ट्रेनहरुको सञ्चालनलाई असर गर्न सक्छ।

आईटी प्रणाली बन्द भएकाले बर्लिन एयरपोर्टमा चेक–इनमा समस्या छ। आईटी समस्याहरु स्पेनका सबै एयरपोर्टहरुमा सुरु भएको रिपोर्ट गरिएको छ। स्काई न्यूज च्यानल बेलायतमा बन्द भएको छ। अस्ट्रेलियामा दूरसञ्चार समूह टेलस्ट्राको सेवा अवरुद्ध भएको छ।

अस्ट्रेलियाको सिड्नीमा विमान उडान प्रभावित भएको छ। युनाइटेड एयरलाइन्सले आफ्नो हवाई सेवा बन्द गरेको छ। लन्डन स्टक एक्सचेन्जमा पनि प्राविधिक समस्या देखिएको छ।

अमेरिकाको अलास्कामा पनि आपतकालीन फोन सेवा प्रभावित भएको छ। अलास्का प्रहरीले फेसबुकमा पोष्ट गरेको छ कि यस फोन सेवासँग सम्बन्धित कल सेन्टरहरु राज्यभरि व्यापार बन्द छन्।

छिमेकी मुलुक भारतको राजधानी दिल्लीको विमानस्थलले ट्विट गर्दै विश्वव्यापी आईटी संकटका कारण आफ्ना केही सेवा प्रभावित भएको जानकारी जनाएको छ। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS