IME Life New

महुली लघुवित्तद्धारा वृद्ध-वृद्धालाई लाक्षित गरी स्वास्थ्य सामाग्री हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय वालांखाले शुक्रबारका भोजपुर जिल्ला स्थित आमचोक गाउँपालिकामा संचालनमा आएको कोभिड १९ बिरुद्धको भेरोसेल खोप अभियानलाई लक्षित गरि आज एक कार्यक्रमका बिच वृद्ध -वृद्धालाई लाक्षित गरी स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ ।

यता उक्त खोप अभियानलाई लक्षित गरि महुली लघुवित्तद्वारा इप्रका आमचोक इन्चार्ज मन बहादुर शुवेडि, प्रहरी चौकि दुम्मानाका प्रहरी प्रमुख तथा चुमुलुङ्मा एफ एम का स्टेसन मेनेजर राजिन कुमार राईलाई समेत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो

Esewa
Crest

राष्ट्रव्यापि खोप अभियानलाई सहयोग पुर्याउन तथा वृद्धहरुको स्वास्थ्यलाई ख्याल गरि स्वास्थ्य सामाग्री उपलब्ध गराएको वित्तीय संस्थाले जनाएको छ । सोही अवसरमा आमचोक गा.पा. वडा नम्बर ४ का वडा अध्यक्ष नेत्र बहादुर खत्रीले महुलीको यस परोपकारी धर्मलाई खुलेर तारीफ गर्दै सामाजिक क्षेत्रमा अगाडि बड्न हौसला प्रदान गरेका छन् भने उनले सोही अवसरमा हामीलाई आवश्यक अनुसारको खोप ल्याउन नसक्नु हाम्रो कमजोरी रहेको बताउँदै खोप लगाउनबाट भने कसैलाई बन्चित नगराउने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS